ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रजातान्त्रिक योद्धा थापाको निधन


एबीसी न्यूज
७ असार २०७६, शनिबार   १ : ०९   बजे

 

 

महोत्तरी ७ असार । महोत्तरी जिल्लाका पुराना राजनीतिक, सामाजिक कार्यकर्ता गङ्गाविक्रम थापाको ७२ वर्षको उमेरमा निधन भएको छ ।

जिल्लाको औरही नगरपालिकाको सोनामाई टिम्कीयामा जन्मेर त्यहीँबाटै राजनीतिक गतिविधि थाल्नुभएका थापाको गएराति काठमाडौँमा निधन भएको परिवारजनले जानकारी दिएका हुन् ।

विसं २००४ मा जन्मनु भएका थापा किशोरावस्थादेखि नै नेपालको वामपन्थी आन्दोलनमा सरिक हुनुभएको थियो । पछिल्लो समय स्वास्थ्यका कारण थापा काठमाडौँ बस्दै आउनुभएको थियो ।

शुक्रबार स्वास्थ्यमा समस्या बढेपछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा उहाँको निधन भएको भतिजा कुमुदविक्रम थापाले जानकारी दिनुभयो ।

पञ्चायतकालमा जनपक्षीय उमेदवार भई महोत्तरीको तत्कालीन सोनामाई गाउँ पञ्चायतको प्रधानपञ्च र भाहा गाउँ पञ्चायतको उपप्रधानपञ्च रहनुभएका थापा लामो समयसम्म नेपाल कम्युनिष्ट पार्टी मानन्धर समूह को जिल्ला प्रमुख हुनुहुन्थ्यो ।

विसं २०४६ को आन्दोलन भने राष्ट्रियताविरुद्ध रहेको बताउँदै थापाले कम्युनिष्ट पार्टीसँगको सम्बन्ध तोड्नुभएको थियो । स्व थापाको काठमाडौँ पशुपतिमा आजै अन्तेष्टि गरिएको परिवारजनले बताएका छन् । स्व थापाका एक श्रीमती र सात छोरी छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

बाढीमा १६ जनाको ज्यान जोगाउने जुनमाया : ‘आफूसँग लगाएको एक जोर कपडा मात्रै बाँकी छ’

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu