ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

देशको माया गर्ने जनशक्ति चाहियो– शिक्षामन्त्री


एबीसी न्यूज
७ असार २०७६, शनिबार   ३ : ३६   बजे

काठमाडौं, ७ असार । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोख्रेलले शिक्षामा पहुँचको साथै गुणस्तरीयता खोज्नुपर्ने बताउनुभएको छ ।

दाङका दुई शैक्षिक संरचनाको भवन शिलान्यास कार्यक्रममा मन्त्री पोखरेलले विद्यालयमा बालबालिकालाई सिकाउने, टिकाउने र भविष्यमा काममा बिक्ने गरी कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो ।

जीवनशैली भन्दा बाहिरको शिक्षा पद्दतिले नेपालमा शैक्षिक बेरोजगार उत्पादन भएको चर्चा गर्दै उहाँले अब शिक्षालाई श्रम, श्रमलाई सीप, सीपलाई उत्पादन र उत्पादनलाई समृद्धिसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभयो । “ंसबैले उच्चशिक्षा लिन्छन् भन्ने छैन, तर अव माध्यमिक तह उत्तीर्ण भएर बाहिर निस्किँदा सीप सिकेर श्रम बजारमा आउनसक्ने वातावरण मिलाउनुपर्छ ।”

शहीद कृष्णसेन ईच्छुक बहुप्राविधिक शिक्षालय भवनको शिलान्यास कार्यक्रममा मन्त्रीले भन्नुभयो,“अहिले २० प्रतिशत प्राविधिक र ८० प्रतिशत शिक्षा सैद्धान्तिक प्रदान हुँदै आएको छ । यो गलत छ ।”

“विद्यालय नसकिँदै युरोप जाने सपना पाल्ने जनशक्ति हैन, देशको माटोलाई माया गर्ने, स्वाधिन, स्वतन्त्रताको रक्षाका लागि काम गर्ने जनशक्ति उत्पादन आवश्यक छ”, मन्त्री पोख्रेलले भन्नुभयो, “ प्रति वर्ष पाँच हजार जनशक्ति उत्पादन गर्ने गरी गत वर्षदेखि सञ्चालनमा आएको शहीद कृष्ण सेन ईच्छुक बहुप्राविधिक शिक्षालयलाई विस्तार गर्दै लैजाने हो ।”

यता प्रदेशस्तरीय पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालयको भवन शिलान्यास गर्दै मन्त्री पोख्रेलले सामुदायिक विद्यालयको रुपान्तरण अहिलेको प्रमुख कार्यभार रहेको बताउनुभयो । सरकारले प्रत्येक प्रदेशमा एक÷एकवटा विशेष शिक्षा आवासीय विद्यालयको परिकल्पना गरेर निर्माणको प्रक्रिया शुरु गरिसकेको उहाँले बताउनुभयो ।

बहुप्राविधिक शिक्षालय भवन शिलान्यास

विभिन्न विषयगत क्षेत्रमा वार्षिक झण्डै पाँच हजार जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित २०७५ भदौदेखि सञ्चालनमा आएको उक्त शिक्षालय भवनको शिलान्यास भएको छ ।

घोराही उपमहानगरपालिका–१७ स्थित आधारभूत विद्यालय कर्जाहीले प्रदान गरेको साँढे दुई बिघा जमीनमा भवन निर्माण हुने शिक्षालयका प्राध्यापक यादव सुवेदीले बताउनुभयो । शिक्षालयको विकासका लागि रु एक अर्ब खर्च गर्नेगरी गुरुयोजनासमेत निर्माण भएको छ ।

यो वर्ष रु पाँच करोड खर्च गरेर भवन बन्दैछ । १५ लाखको भवन निर्माण भइसकेको छ । शिक्षालयलाई पूर्वाधारयुक्त बनाउनका लागि अहिलेको जमीनले मात्रै नपुग्ने भएकाले थप जमीनको खाजी गर्न मन्त्री पोखरेलले आग्रह गर्नुभयो । पूर्वाधार निर्माणका लागि शिक्षालयलाई आवश्यक पर्ने जमीनको व्यवस्था गर्न घोराही उपमहानगरपालिकाले महत्वपूर्ण सहयोग गर्ने नगरप्रमुख नरुलाल चौधरीले बताउनुभयो ।

प्रदेशस्तरीय विशेष शिक्षा आवासीय विद्यालय बन्दै

सरकारले यही वर्षदेखि सातै वटा प्रदेशमा पूर्वाधारयुक्त विशेष शिक्षा आवासीय विद्यालय निर्माणको प्रक्रिया शुरु गरेको छ । विशेष क्षमता भएका बालबालिका आवासीय रुपमा अध्यायन गराउने गरी सरकारले पहिलो चरणमा सातै वटा प्रदेशमा विशेष शिक्षा आवासीय विद्यालय निर्माण शुरु गरेको हो ।

यसै सन्दर्भमा प्रदेश नं ५ स्तरीय विशेष शिक्षा आवासीय विद्यालयको दाङको घोराहीमा शिलान्यास गरिएको छ । घोराही उपमहानगरपालिका– १४ बालमन्दिर आधारभूत विद्यालयमा विसं २०७१ देखि बौद्धिक अपाङ्गता भएका बालबालिका अध्ययन गर्दै आएका छन् । तर, भौतिक पूर्वाधार र दरबन्दीको कारण सामान्य बालबालिका सरह अध्ययन गर्ने बौद्धिक अपाङ्गता भएका बालबालिकासहित प्रदेशका त्यस्ता बालबालिकालाई अध्ययन गराइने भएको छ ।

चालु आर्थिक वर्षभित्रै खर्च गर्ने गरी एक करोड विनियोजन भएको र यो आयोजना बुहवर्षीय रुपमा सञ्चालन हुने शिक्षा विभागका महानिर्देशक बाबुराम पौडेलले बताउनुभयो । अझै पनि देशमा तीन लाख बालबालिका शिक्षाको पहुँचमा पुग्न नसकेको भन्दै उहाँले ती बालबालिका अपाङ्ग, गरीब, दलित र छात्रा रहेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group