ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भीआईपी पास देखाउँदै नरेफाँट पुगेपछि ……..


एबीसी न्यूज
९ असार २०७६, सोमबार   ३ : ५७   बजे

काठमाडौं, ९ असार । प्रहरीले एक जना नेपाली युवतीलाई भारतीय नागरिकलाई ठगी गरेको अभियोगमा पक्राउ गरेको छ ।भारतका निर्माण व्यवसायी श्रीपाल जैनको पैसा ठगी गरेर लिएको अभियोगमा २१ वर्षीया नेपाली युवतीलाइ प्रहरीले पक्राउ गरेको हो ।

केही महिना अगाडि फेसबुकमार्फत चिनजान भएका भारतीय नागरिक जैनले नेपाली युवती डायना सेकेण्डसँग चिनजान भएका थिए । सोही चिनजानका आधारमा जैनले डायनासँग यौनसम्पर्कका लागि दवाव दिएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

सप्तरी जिल्लाको औरही नगरपालिका वडा नम्बर ३ स्थायी घर भई हाल काठमाडौंको नरेफाँटमा डेरामा बस्दै आएकी डायनाले जैनको कमजोरी पत्ता लगाएर २३ लाख रुपियाँ लिएर गायब भएको जनाइएको छ ।

डायनलाईलाई भारतीय नागरिक जैनले बेलाबेला जबरजस्ती यौनसम्पर्क राख्न खोजेको ती युवतीले प्रहरी समक्षा बयान दिएकी छिन् । डायनाले भारतीय नागरिकको सेक्स प्रस्ताव अस्वीकार गरेको जनाइएको छ ।डायना बेलाबेला भिजिट भिषामा संयुक्त अरब इमरेट्स ९यूएई० मा जाने गरेको अनुसन्धानका क्रममा खुलेको छ ।

ती भारतीय नागरिकले युएईमा रहेकी डायनालाई बम्बईस्थित आफ्नो घरसम्म पु(याएको पनि खुलेको छ । नेपाली भर्जिन युवती खोज्दै गरेका जैनले डायना सेकेण्डलाइ धेरै मन पराएका थिए ।पत्नी र छोराछोरी रहेका जैनले आफ्नी छोरी जस्ती डायनालाई विवाहको प्रस्ताव गरेको खुलासा पनि भएको छ । डायनाको हाउभाउ र अंग्रेजीमा राम्रो दख्खल रहेको छ ।

केही समय अगाडि करीव एक साताको भारत बसाइपछि डायना नेपाल फर्किएपछि ‘बुबाले विदेशबाट सुन पठाउनु भएको छ । भन्सारका लागि ४० लाख बुझाउनु पर्ने भयो’ भनेर जैनसँग रकम माग गरेकी थिइन् । भारतीय नागरिक जैनले शुक्रबार डायनालाई ४० लाख नदिएर जम्मा २३ लाख रुपियाँ दिएका थिए ।

रकम लिएपछि डायना र जैनसँगै भारत फर्किने योजना बनाएका थिए । रकमको लेनदेन भइसकेपछि १२ः४० मा दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको डिपार्चर एरियामा प्रवेश गरे । डायनाले भीआईपी पास देखाउँदै आफू अर्को बाटोबाट छिर्ने बताएर नरेफाँटस्थित डेरामा पुगेकी थिइन ।

जैन साधारण प्रवेशद्धारतिर लागेका थिए । लगेज दिएर विमान उड्ने समय २ बज्नै लाग्दासम्म डायना विमानमा आइनन् । त्यसपछि आफू फसेको थाहा पाएका जैनले पनि चलाखी अपनाउँदै मोबाइल स्वीच अफ गरेर महानगरीय प्रहरी वृत्त, गौशालामा गएर समस्याबारे बताए ।

महानगरीय अपराध अनुसन्धान महाशाखाका अनुसार जैनसँग विमानस्थलबाट छुट्टिएको ५ मिनेटमै डायना ट्याक्सी चढेर कोठा पुगेकी थिइन् ।

संयोगवश उनले प्रि–पेड ट्याक्सी सेवामार्फत विमानस्थलबाट बाहिर निस्किएका कारण तत्काल पक्राउ परेकी हुन् ।ट्याक्सी र विमानस्थलमा कार्यरत एक कर्मचारीको सहयोगमा डायनाको कोठासम्म प्रहरी पुग्न सफल भएको थियो ।

डायनाले नरेफाँटमा तीन वटा कोठा भाडामा लिएर भाई र बहिनीसँगै बसेकी थिइन् । उनको कोठाबाट प्रहरीले २० लाख ८० हजार रुपियाँ बरामद गरेको महाशाखाका प्रमुख सहकुलबहादुर थापाले जानकारी दिएका छन् ।

जैनले दिएको मध्ये २ लाख २० हजार रुपियाँ डायनाले महोत्तरीमा रहेका परिवारलाई पठाएकी थिइन् ।डायनाले यूएईमै श्रदामसँग चिनजान भएको बयान दिएकी छन् । प्रहरीले उनी डायनाको प्रेमी भएको आशंका गरेको छ । जैनलाई ठगेको भन्ने डायनाले स्वीकार गरेकी छन् ।

डायनाका बुबा लाइसेन्स प्राप्त वकिल भएको खुलेको छ । छोरीले पठाएको पैसा पनि उनका बुबाले फिर्ता गरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group