काठमाडौं, ९ असार । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघ सरकारले ल्याएको विधेयक प्रति आपत्ति जनाएको छ । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासघले आज एक विज्ञप्ती जारी गर्दै नेपाल सरकारको पुस्तक आयात गर्ने गरिएको व्यवस्था प्रति महासंघले आपति प्रकट गरेको हो । विधेयक आम व्यवसायीको हित विपरित आएको उनिहरुको ठहर छ ।
विश्व बजारमा पुस्तकमा भन्सार नलाग्ने र विद्यालय तहका पुस्तकहरु प्रकाशन र वितरणमा आत्म निर्भर हुदाँ हुदै पनि विदेशी पुस्तकहरुको प्रचुरताका कारण नेपाली प्रकाशन र मुद्रणहरुले समस्या भोग्दै आएको र विदेशी पाठ्य पुस्तकका अध्यापन गराउदा बालमष्तिस्कमा नराम्रो असर पर्ने समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्