ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विप्लव समूहद्वारा दुई वडा कार्यालयमा आगजनी


एबीसी न्यूज
१० असार २०७६, मंगलबार   ८ : ५४   बजे


काठमाडौं, १० असार । विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीले अछामको ढकारी गाउँपालिका– ५ र पञ्चदेवल विनायक नगरपालिका–३ को वडा कार्यालयमा आगजनी गरेको छ ।

आगजनीका कारण दुबै वडा कार्यालयमा क्षति भएको छ । जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डीएसपी जनकबहादुर शाहीका अनुसार आगजनीका कारण पञ्चदेवल बिनायक नगरपालिका वडा नम्बर ३ मा १ थान कम्यूटर, १ थान प्रीन्टर र कुर्सी टेवल लगायतका फर्निचर तथा अन्य कार्यालयका सबै कागजात जलेर नष्ट भएका छन् ।

मंगलवार बिहान २ बजेतिर विप्लव समूहका ५र६ जना आएर वडा सचिव महाजित विकको कार्यकक्षमा आगो लगाउनुका साथै वडाध्यक्ष सुरेन्द्र कुमार शाहीको कार्यकक्षमा समेत तोडफोड गरिएको डीएसपी शाहीले बताए ।

उता ढकारी गाउँपालिका वडा नम्बर ५ तिखानमा रहेको कार्यालयमा विप्लवका कार्यकर्ताले गरेको आगजनीका कारण कार्यालय नै ध्वस्त भएको खबर छ । तर ढकारी प्रहरी चौकिबाट दुई घण्टाको पैदल दुरीमा रहेको वडा नम्बर ५ मा प्रहरी पुगेर घटनाको विवरण संकलन गरिरहेकाले क्षतिको पूर्ण विवरण आउन सकेको छैन ।

दुबै घटनामा विप्लव निकट नेपाल कम्युनिस्ट पार्टीका जिल्ला जनसरकार प्रमुख निरक शाही लगायतको संलग्नता रहेको भन्दै प्रहरीले उनको समूहलाई तत्काल पक्राउ गर्न प्रहरी परिचालन गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘ए’ सुरुङ उद्धारमा आशा जाग्यो, उद्धार टोली क्राउनसम्म पुग्यो

भोटेकोशी बाढी प्रभावितलाई काठमाडौं महानगरले साढे ४ करोडभन्दा बढी सहयोग गर्ने

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu