काठमाडौं, १८ असार । चिनिया“ टोलीले दैलेखमा पेट्रोलियम पदार्थको औपचारिक अनुसन्धान सुरु गरेको छ ।
पेट्रोलियम भण्डारणको महत्वपूर्ण स्थान हुनसक्ने दैलेखको पञ्चकोशी क्षेत्रको नाभिस्थानबाट चीन सरकारको टोलीले अन्वेषणको औपचारिक सुरुवात गरेको हो । चीन सरकारको विशेषज्ञ टोलीसहित नेपाल सरकारका उद्योग बाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले अन्वेषणको औपचारिक सुरुवात गरेको छ । नेपाल र चीनबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अध्ययन सुरु भएको हो ।
चिनिया“ टोलीले जिओलोजिकल सर्वे, म्यागनेट सर्वे गर्ने र जमिनको १० किलोमिटर तलसम्म कति परिमाणमा पेट्रोलियम छ भनेर अध्ययन र अन्वेषण गर्नेछ । यसअघि २०७२ साल चैतमा चिनिया“ विशेषज्ञ टोलीले एक सातासम्म दैलेखमा अध्ययन गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्