ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बालविवाहका कारण विद्यालय छाड्न बाध्य बालिकाहरु


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   २ : ४४   बजे

 

काठमाडौं, १८ असार । पाल्पाको निस्दी गाउँपालिका–२ का १५ वर्षीया मनमाया नाम परिवर्तन विवाहको तयारीमा जुटेकी छिन् । सोही गाउँपालिका–२ स्थित बालहित माध्यमिक विद्यालयको कक्षा १० मा अध्ययनरत रहेकी ती किशोरी विवाहको तयारीमा पढाइ नै छाडिन् ।

“घरमा बसेर पनि पढ्ने वातावरण छैन, विद्यालय गएर मात्र के गर्नु भनेर बिहे गर्ने तयारीमा छु”, मनमायाले बताइन् । “सानै उमेरमा बालिकालाई विवाह गर्न बाध्य पार्ने हाम्रो सामाजिक संस्कार यस्तै छ”, सो विद्यालयका प्रधानाध्यापक नवलसिं बिरकट्टाले भन्नुभयो, “विशेष गरी गरीबी र चेतना अभावका कारण सानै उमेरमा विवाह गरेर पढाइ छाड्ने बालिका धेरै छन् यहाँ ।”

सोही विद्यालयकै कक्षामा ६ पढ्दै गर्दा फुलमाया नाम परिवर्तन को पनि बिहे भयो । उनी पनि बिहे गरेपछि विद्यालय आउनै छाडिन् । उनलाई पढ्ने उमेरमा विद्यालयभन्दा पनि घरधन्दाको बोझ थपिएपछि बीचमै विद्यालय छाड्न बाध्य भइन् ।

“घरपरिवार आफन्त सबैले बिहे गर्न दबाब दिए, बिहे गरेपछि पनि पढ्छु भनेको थिए तर घरबाट पठाएनन्, घरायसी कामधन्दाले एकछिन पनि फुर्सद छैन”, उनले भनिन् । पढ्ने रहर भए पनि घर परिवारमा पढ्ने वातावरण नै नभएको उनी बताउँछिन् ।

सोही विद्यालयमा पढ्ने श्यामबहादुर र बाटुली नाम परिवर्तन ले पनि विवाह गरे । उनीहरु विवाह नहुञ्जेलसम्म नियमित विद्यालय आउने जाने गर्थे । विवाह भएपछि अहिले नियमित विद्यालय आउनै छाडेका छन् ।

यो विद्यालयमा उमेर नपुग्दै विवाह गर्ने अधिकांश बालिका रहेका छन् । वर्षेनी पाँच÷सात जनाको हाराहारीमा विद्यालय उमेरमा नै विवाह गरेर घरजम गर्ने गरेको प्रधानाध्यापक बिरकट्टाले बताउनुभयो ।

“बिहेपछि बीचमै पढाइ छाड्ने अधिकांश छन् भने केही बालिका कहिलेकाहीँ मात्र विद्यालय आउने जाने गरेका छन्, बिहेपछि उनीहरुको पढाइमा नियमितता छैन”, उहाँले भन्नुभयो ।

‘बिहेवारी बीस वर्ष पारी’ भन्ने गरिन्छ तर, पाल्पामा बालविवाह गर्ने र यसपछि बालिका यौन हिंसाको शिकार हुने क्रम बढ्दो देखिन्छ । नेपालको कानूनले २० वर्षमुनि विवाह गर्न निषेध गरेको छ । तर, कानूनबारे जानकारी नहुँदा र चेतना अभावका कारण धेरैजसो अभिभावकले विद्यालय उमेरमा नै छोरीलाई बिहे गरेर पठाउने गरिन्छ ।

कतिपयको पारिवारिक दबाब, कतिपयले आफ्नै रहरले बिहे गरी बालिका कलिलै उमेरमा घरजम गर्दै आइरहेका छन् । बिहे भएपछि बीचमै विद्यालय छाडेर घरायसी धन्दामा सीमित रहँदै आएको पाइएको छ ।

ग्रामीण भेगमा शिक्षाको चेतना अझै पनि अभिभावकसमक्ष नपुगेका कारण उमेर नपुग्दै आफ्ना सन्ततिको विवाह गरिदिँदा उनीहरु पढ्नबाट वञ्चित हुन पुगेको उहाँले बताउनुभयो ।

विद्यालयले बालविवाह न्यूनीकरणका लागि बेला बेलामा अभिभावकलाई बोलाएर विभिन्न जनचेतनामूलक कार्यक्रम पनि गरिरहेको छ । विशेष गरी ग्रामीण भेगमा बसोबास गर्ने गरीब, विपन्न र आर्थिक तथा सामाजिक रुपमा पछाडि पारिएका समुदायका परिवारमा उमेर नपुग्दै छिटो विवाह गरेर वैवाहिक जीवनमा बाँधिने गरेको पाइन्छ ।

शहरोन्मुख हुँदै गरेका क्षेत्रमा बालविवाहको दर घट्दो अवस्थामा रहे पनि दुर्गम, विकट क्षेत्रका विद्यालयमा उमेर नपुग्दै बालिका विवाह गरेरबीचमै पढाइ छाडी घरजम गर्नेको सङ्ख्या धेरै रहेको नगरपालिकाका शिक्षा अधिकृत रमाकान्त अर्यालले बताउनुभयो ।

“विद्यालयमा पुगेर अभिभावक, विद्यार्थीबीचमा बालविवाहले समाजमा निम्त्याउने परिणाम, कलिलै उमेरमा अभिभावक बन्दा स्वास्थ्यमा पार्ने असरजस्ता विषयमा जनचेतनामूलक कार्यक्रम गरिरहेका छौँ”, नगर शिक्षा अधिकृत अर्यालले भन्नुभयो । विद्यालय उमेरमा नै विवाह गरेपछि उनीहरु घरायसी कामको बोझका कारण विद्यालय छाड्न बाध्य भएका छन् । पढ्ने चाहना हुँदाहुँदै पनि बीचमै पढाइ छाडेर घरजम गर्नुपर्ने बाध्यता छ ।

“विद्यालय पढ्न पुगेकी छात्रा १०/११ वर्ष नपुग्दै विवाह बन्धनमा बाँधिनुपर्ने बाध्यता हुन आउँछ । जसले उनीहरु पढाइ छाड्न बाध्य हुन्छन् । अहिले यो समस्या सामाजिक परम्परा बनिरहेको छ”, शिक्षा अधिकृत रमाकान्त अर्यालले भन्नुभयो ।

भएको नियम कानूनबारे चेतना नहुँदा पनि सानै उमेरमा विवाह गर्ने प्रचलनले बाल यौन हिंसा बढाएको छ, उहाँले भन्नुभयो, “सानै उमेरमा विवाह गर्दा विद्यालय छाड्ने विद्यार्थीको सङ्ख्या बढ्दै गई यसले बाल यौनहिंसासमेत बढाएको छ ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group