ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ३ : ३३   बजे

 

काठमाडौं, १८ असार । राजधानीको प्रमुख पर्यटकीय गन्तव्यको रूपमा रहेको ठमेलमा ‘महानगरीय पर्यटन सूचना केन्द्र’को शुभारम्भ गरिएको छ । पर्यटन विभाग र काठमाडौँ महानगरपालिका–२६ को सहयोग तथा पर्यटक प्रहरी भृकुटीमण्डपको सक्रियतामा निर्माण भएको सूचना केन्द्रको आज पर्यटन विभागका महानिर्देशक डण्डुराज घिमिरेले शुभारम्भ गर्नुभयो ।

यस्तै ‘पर्यटक प्रहरी मोबाइल एप’को पनि शुभारम्भ गरिएको छ । मोबाइल एपको शुभारम्भ महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले गर्नुभयो । कार्यक्रममा महानिर्देशक घिमिरेले पर्यटकमाथि ठमेल क्षेत्रमा हुने अपराधमा पर्यटक प्रहरीको सक्रियताका कारण कमी आएको बताउनुभयो । “ठमेल क्षेत्रमा सिसिटीभीलाई व्यवस्थितरूपमा सञ्चालन गर्न पर्यटन विभागले सहयोग गर्नेछ”, उहाँले भन्नुभयो । ठमेल क्षेत्रमा सार्वजनिक शौचालय निर्माणका लागि पर्यटक विभागले सहयोग गर्ने उहाँको भनाइ थियो ।

महानगरीय प्रहरी कार्यालयका प्रमुख क्षेत्रीले प्रविधिमैत्री प्रहरी अहिलेको आवश्यकता रहेको बताउनुभयो । नेपाल भ्रमण वर्ष–२०२० लाई सफल बनाउन पर्यटकको सुरक्षा आवश्यक रहेको भन्दै सुरक्षा दिन नेपाल प्रहरी दृढ रहेको बताउनुभयो । “नेपाल प्रहरी समुदायसँग सहकार्य गरेर उपत्यकाको सुरक्षा दिन दृढ छ, यसका लागि पर्यटन व्यवसायीको समेत गहन जिम्मेवारी आवश्यक छ”, उहाँले भन्नुभयो ।

काठमाडौँ महानगरपालिका–२६ का अध्यक्ष ख्यामराज तिवारीले ठमेलभित्र अस्तव्यस्तरूपमा रहेको तारले ठमेललाई कुरुप बनाउँदै लगेको भन्दै उक्त तार हटाउन महानगरपालिका लाग्ने बताउनुभयो । महानगरीय पर्यटन सूचना केन्द्रको शुभारम्भसँगै ठमेलमा आउने पर्यटकलाई सहज हुने उहाँको भनाइ थियो ।

ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष राजुमान डङ्गोलले पर्यटकको सुरक्षामा पर्यटक प्रहरीको महत्व अझ बढेर गएको बताउनुभयो । नेपाल घुम्न आउने अधिकांश पर्यटक ठमेल भित्रिने भएकाले पर्यटकको सुरक्षाका लागि उक्त केन्द्र स्थापना गरिएको पर्यटक प्रहरी एकाइ भृकुटीमण्डपका प्रमुख अमृतबहादुर बस्नेतले जानकारी दिनुभयो ।

नयाँ स्थापना भएको केन्द्रमा सहायता कक्ष, सिसिटीभी निगरानी, सेवाप्रवाहलगायतका सेवा प्रदान गरिने पर्यटक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group