जनकपुर, १८ असार । प्रदेश नम्बर २ का प्रदेश सभा सदस्य मञ्जु यादवले संसदीय विकास कोषको रकमबाट विद्यार्थीहरुका लागि खेलकुद सामग्री हस्तान्तरण तथा साईकल वितरण गरेकी छिन् ।
महोत्तरीको भंगहा नगरपालिका स्थित हरिनमरी गाउँमा रहेको शवरी दलित प्राथमिक विद्यालयका बालबालिकाहरुलाई सामुदायिक विद्यालयप्रति आकर्षित गराउने उद्देश्यले प्रदेशसभा सदस्य मञ्जु यादवले चिप्लेटी, झुलुवा प्रधानाध्यापक अञ्जली देवी यादवलाई एक कार्यक्रम वीच हस्तान्तरण गरिन् ।
कक्षा ३ सम्म मात्रै रहेको यस विद्यालयमा १ सय १७ जना दलित बालबालिका अध्ययनरत्त छन् । त्यस्तै सभासद यादवले कक्षा ९ र १० मा विभिन्न विद्यालयमा अध्ययनरत्त रहेका विपन्न वर्ग तथा दलित छात्रा तथा छात्रलाई ४ दर्जन साईकल वितरण समेत गरिन् ।
सभासद यादवले विद्यालयमा बढि समयसम्म बालबालिकालाई टिकाउनका लागि खेलकुद सामाग्रीहरु आवश्यक रहेकाले तत्कालका लागि बजेटबाट व्यवस्था गरेको बताइन् । उनले गाउँघरका विद्यार्थीहरु एसईई पछि अगाडीको पढाई विभिन्न कारणवश छाड्ने गरेकाले शिक्षाप्रतिको लगाव र आजको अनिवार्यतालाई आत्मसात गर्नु नै आवश्यकता रहेकोले पढाईको लागि साईकल वितरण गरेर विद्यार्थीहरु अगाडी बढोस् भन्ने धेय्यले प्रोत्साहनस्वरुप साईकल वितरण गरेके प्रष्टाइन् ।
प्रतिक्रिया दिनुहोस्