ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल्चोक इञ्जिनीयरिङ क्याम्पसमा समस्यै समस्या


एबीसी न्यूज
१८ असार २०७६, बुधबार   ३ : ४३   बजे

 

काठमाडौं, १८ असार । इञ्जिनीयरिङ अध्ययन गर्न चाहने विद्यार्थीको आकर्षणको केन्द्रका रूपमा रहेको पुल्चोक इञ्जिनीयरिङ क्याम्पस समस्याग्रस्त बनेको छ । पर्याप्त जनशक्तिको अभाव र आर्थिक अभावले क्याम्पस समस्यामा परेको प्रशासनले जनाएको छ ।

क्याम्पसमा कार्यरत जनशक्ति उमेर हदबन्दीका कारण अवकाश लिइरहेको तर तुरुन्त नयाँ नियुक्ति गर्न नसकिएको सहायक क्याम्पस प्रमुख शिवकृष्ण दुवाले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले समयमा नै पदपूर्ति नगर्दा क्याम्पसमा सधैँ जनशक्ति अभाव भोग्नु परिरहेको उहाँले बताउनुभयो । क्याम्पसमा प्राध्यापक र अरु कर्मचारी गरेर दुवैखालको जनशक्ति दरबन्दीभन्दा कम कार्यरत छ । उहाँले भन्नुभयो, “यसको प्रत्यक्ष असर विद्यार्थीमा पर्न जान्छ ।”

समयानुसारका विषय थप गर्दै जानुपर्ने बाध्यता एकातिर रहेको छ भने अर्कोतिर भएका सङ्काय र विषयसमेत अस्थायी ९करार० कर्मचारी नियुक्त गरेर सञ्चालन भइरहेको उहाँले बताउनुभयो । अस्थायी कर्मचारी नियुक्ति गर्नका लागि पनि बजेटको समस्या रहेको उहाँले बताउनुभयो । त्रिभुवन विश्वविद्यालयले यहाँका स्थायी कर्मचारीलाई मात्रै टाउको गनेर बजेट विनियोजन गरिरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले त्यही बजेटबाट मिलाएर अस्थायी कर्मचारी पनि राख्नुपर्ने बाध्यता छ ।”

क्याम्पसमा विद्यार्थीको आकर्षण र देशमा प्राविधिक जनशक्तिको आवश्यकतालाई हेरेर यहाँ रहेको सिट सङ्ख्या थप गर्न आवश्यक रहेको सहायक क्याम्पस प्रमुख दुवाले बताउनुभयो । जनशक्ति र भवन दुवैको अभावले सिट सङ्ख्या थप गर्न सकिएको छैन । क्याम्पस स्थापना हुँदा सिभिल इञ्जिनीयरिङमा सिट सङ्ख्या १४४ रहेकामा अहिले त्यसलाई बढाएर १९४ पु¥याइएको छ । त्यस्तै, कम्प्युटर विज्ञानमा पहिले ४८ सिट रहेकामा अहिले ९६ पु¥याइएको छ । बाँकी चार सङ्कायमा सिट सङ्ख्या थप्न नसकिएको उहाँले बताउनुभयो । क्याम्पसले सिट सङ्ख्या थप्न नसक्दा विद्यार्थी चर्को शुल्क तिरेर निजी क्याम्पसमा जान बाध्य छन् । उहाँले भन्नुभयो, “निजीमा जति पनि सिट हुने भएकाले धेरैले चाहेर पनि सरकारी क्याम्पस पढ्न पाएका छैनन् ।”

उमेर हदबन्दीका कारण प्राध्यापक अवकाश पाउनु नियमित प्रक्रिया भए पनि नयाँ जनशक्ति नहुँदा क्याम्पसलाई समस्या परिरहेको उहाँले बताउनुभयो । क्याम्पसले अहिले दुई विषय थप्ने योजना बनाइरहेको छ । स्नातक तहमा रासायनिक इञ्जिनीयरिङ र स्नातकोत्तरमा रेलवे इञ्जिनीयरिङ विषय थप गर्ने क्याम्पसको योजना छ । विश्वविद्यालयबाट अनुमोदन नहुँदा अड्किरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “त्रिविको प्राज्ञिक परिषद्ले अनुमोदन गरेपछि मात्रै हामीले अनुमति पाउँछौँ ।”

जनशक्ति अभावसँगै क्याम्पसमा भवन अभाव रहेको प्रशासनले जनाएको छ । क्याम्पसको आय ज्यादै कम र नेपाल सरकारबाट पनि कम मात्र बजेट विनियोजन हुँदा भवन निर्माण गर्न नसकिएको क्याम्पस प्रशासनले जनाएको छ । भवन अभावका कारण उक्त क्याम्पसलाई नयाँ सङ्काय खोल्न वा सिट सङ्ख्या थप्न समस्या भएको सहायक क्याम्पस प्रमुख दुवाले बताउनुभयो । समयको मागअनुसार विषय र सङ्काय थप्नुपर्ने भएपनि भवन अभावले गर्दा थप्न नसकिएको उहाँको भनाइ थियो ।

“हामीले यहाँ सिट बढाउन नसक्दा त्यसको मार विद्यार्थी र अभिभावकलाई परेको छ”, सहायक क्याम्पस प्रमुख दुवाले भन्नुभयो, “विद्यार्थी चर्को शुल्क तिरेर निजीमा जान बाध्य छन् ।” भवन अभावकै कारण भूकम्पले क्षति पुगेका पुरानो भवनलाई मर्मत मात्रै गरेर बस्नुपरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार राणाकालीन उक्त भवन विसं २०७२ को भू्कम्पले क्षति पु¥याएकाले प्रशासनिक कार्यालय रहेको भवनको भित्री भागमा मात्रै मर्मत गरेर सञ्चालनमा ल्याइएको हो । “भवन पुनःनिर्माण गर्नुपर्ने भए पनि क्याम्पसको आयस्रोतले भ्याउँदैन, नेपाल सरकारले पुनःनिर्माणका लागि रकम दिएको छैन”, उहाँले भन्नुभयो ।

विसं २०२९ मा त्रिभुवन विश्वविद्यालको इञ्जिीनियरिङ विभागको केन्द्रीय क्याम्पसका रूपमा पुल्चोक क्याम्पसको स्थापना भएको थियो । स्थापना हुँदा यस क्याम्पसले प्रमाणपत्र तहमा तीन वर्षे कक्षा शुरु गरेको थियो । यसले विसं २०५१ मा चार वर्षे स्नातक तहमा सिभिल इञ्जिनीयरिङ विषयको अध्यापन शुरु गरेको थियो । हाल क्याम्पसमा छ सङ्काय रहेका छन् । स्नातक, स्नातकोत्तरसँगै विभिन्न विषयमा विद्यावारिधिका कार्यक्रम रहेको कयाम्पसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेलको गिरफ्तारी प्रतिशोध हो : केपी ओली

५ दिनभित्र होल्डिङ सेन्टर खाली गर्न सरकारको अल्टिमेटम

सम्बन्धित

खगेन्द्र सुनारको अभिव्यक्तिमा शक्तिको मात र अहंकार झल्किन्छ : रक्षा बम

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

मेसीले तोडे क्लोजको कीर्तिमान, विश्वकपका सर्वाधिक गोलकर्ता बने, अरु के के ?

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group