ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी, भारतको दबाबपछि परीक्षणको काम स्थगित


एबीसी न्यूज
२१ असार २०७६, शनिबार   १ : १४   बजे

काठमाडौं, २१  असार ।  भारतबाट आउने तरकारीमा ९० प्रतिशतसम्म विषादी रहेको कृषि विज्ञले बताएका छन् । रासायनिक मल र धेरै मात्रामा विषादी हालेर उत्पादन गरिएको तरकारी स्वास्थ्यका लागि हानिकारक रहेको उनीहरुको भनाइ छ ।

‘कालिमाटीमा आउने सबैजसो तरकारी भारतकै हो’ कृषिविज्ञ कृष्णप्रसाद पौडेलले भन्नुभयो, ‘जसमा ९० प्रतिशतसम्म विषादी मिसाइएको छ । लामो समयदेखि अत्याधिक विषादी मिसाइएको तरकारी आइरहेको भए पनि सरकारले बल्ल विषादी परीक्षण गर्ने निर्णय गरेको थियो । तर शुक्रबार भारतको दबाबपछि पूर्वाधार नपुगेको भन्दै सरकारले विषादी परीक्षणको काम स्थगित गरिदियो ।

कालिमाटीमा अधिकांश तरकारी भारतबाट आयात गरिएको छ । कालिमाटीमा भारतबाट आउने तरकारी सस्तो हुने भएपछि खुद्रा व्यापारीले त्यही किनेर उपभोक्तालाई बेच्छन् ।

भारतको तरकारीभन्दा स्वदेशी र अर्गानिक तरकारी केही महङ्गो हुन्छ । आफ्नो लागत राखेर बिक्री गर्दा स्वदेशी किसानलाई उत्पादन मूल्य उठाउन पनि मुश्किल छ ।

किसानको गुनासो बढ्दै गएपछि  विषादी परीक्षण थाल्ने असार २ गते राजपत्रमा सूचना प्रकाशित भयो ।

त्यसलगत्तै कृषि प्राविधिकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको सहकार्यमा भन्सार नाकामा भारतबाट तरकारी बोकेर आएका ट्रकबाट नमूना निकाल्दै विषादी परीक्षण थाले । परीक्षणमा प्रायः सबै तरकारीमा विषादी भेटिएपछि नेपाल प्रवेशमा सरकारले कडाइ ग¥यो । विषादी परीक्षणमार्फत भारतीय तरकारीलाई निरुत्साहित गरेर स्वदेशी किसानलाई प्रोत्साहन गर्ने सरकारको लक्ष्य थियो । तर भारतले काठमाण्डौमा रहेको दूतावासमार्फत विषादी परीक्षण रोक्न दबाब दिँदै आयो ।

तर दबाब घट्नुको साटो बढ्दै गएपछि यसै हप्ता बसेको मन्त्रिपरिषद बैठकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमार्फत आएको ठाडो प्रस्तावलाई पारित गरिदियो । सरकारको यो निर्णयबाट उपभोक्ता र किसान निराश भएका छन् । दुई तिहाइ बहुमतको सरकारले भारतीय दुतावासको दबाब पनि खेप्न नसकेको भन्दै सत्तारुढ दलकै नेता कार्यकर्ता असन्तुष्ट छन् ।

यसपटक सरकारले भारतबाट आउने विषादीयुक्त तरकारी र फलफूल नाकाबाटै फिर्ता पठाउने रणनीतिका साथ परीक्षण थाले पनि सफल हुन सकेन ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

अविरल वर्षाले देशभरका मुख्य राजमार्ग प्रभावित, धेरै सडक पूर्ण रूपमा अवरुद्ध

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu