ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

हात्तीको बथानद्वारा उखु बाली नष्ट


admin
९ कार्तिक २०७४, बिहिबार   ३ : १९   बजे

कञ्चनपुर, ९ कात्तिक । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट खेतबारीमा छिर्ने गरेको हात्तीको बथानले कञ्चनपुरको लालझाडी गाउँपालिका–४ सिकलपट्टिका आधा दर्जनभन्दा बढी किसानले लगाएको उखु बालीमा व्यापक नोक्सानी गरेको छ ।

धान बाली काटिएपछि हात्तीको बथानले एक सातादेखि निरन्तररुपमा उखु बालीमा नोक्सानी पु¥याउन थालेको हो ।

आधा दर्जन किसानले पाँच बिगाहा खेतमा लगाएको पूरै उखु बाली खाएर रु आठ लाखभन्दा बढीको नोक्सानी पु¥याएको स्थानीय किसान सञ्चा रानाले बताउनुभयो ।

स्थानीय किसान रामदास राना, रामस्वरुप राना, बहादुर राना, सञ्चा रानाको पाँच बिगाहा खेतमा लगाएको उखु बालीमा व्यापक नोक्सानी पु¥याएको उहाँले बताउनुभयो ।

बैंक, सहकारी र समूहबाट ऋण लिई अधिकांशले उखु बाली गरेका छौँ रामदास रानाले भन्नुभयो, “हात्तीको बथानले नोक्सानी पु¥याउन थालेपछि मर्कामा परेका छौँ ।” हात्ती भगाउनका लागि रातभर जाग्राम बस्ने गरे पनि हात्तीले उखु बालीमा नोक्सानी पु¥याउन नछाडेको उहाँले बताउनुभयो ।

हात्ती नियन्त्रणका लागि माग गरे पनि कुनै निकायबाट सहयोग पाउन नसकेको यस क्षेत्रका किसानको भनाइ रहेको छ । पन्ध्रदेखि बीसको संख्यामा रहेको हात्तीको बथान खेतमा छिर्ने गरेको छ ।

यसैबीच, मंगलबार राति स्थानीय कलावती भट्टको घर हात्तीको बथानले भत्काई भण्डारण गरिएको अन्न सबै खाइदिँदा उनको परिवार बिचल्लीमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group