ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ– सभापति देउवा


एबीसी न्यूज
२१ श्रावण २०७६, मंगलबार   ४ : ०९   बजे

 


काठमाडौँ, २१ साउन । नेपाली काङ्ग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘दयाशङ्कर पालिखे स्मृति पत्रकारिता पुरस्कार २०७५’ बाट पत्रकार रवीन्द्रनाथ बाँस्तोलालाई सम्मान गर्नुभएको छ ।

नेपाल पत्रकार महासङ्घ कास्की शाखाद्वारा आज पोखरामा आयोजित कार्यक्रममा उहाँले सो सम्मान गर्नुभएको हो । प्रजातन्त्र सेनानी दयाशङ्कर पालिखेकोे स्मृतिमा स्थापित उक्त पुरस्कारको राशी रु ५५ हजार ५५५, सम्मानपत्र तथा दोसल्ला रहेको छ । २०५३ सालदेखि प्रदान गरिँदै आएको उक्त पुरस्कारको राशी रु ३३ हजार ३३३ रहेकोमा यस वर्षबाट वृद्धि गरी रु ५५ हजार ५५५ पु¥याइएको छ ।

सो अवसरमा सभापति देउवाले पत्रकारिता र प्रजातन्त्र एक अर्काका परिपूरक भएको बताउँदै “जुन देशमा प्रजातन्त्र हुन्छ, त्यहाँ स्वतन्त्र पत्रकारिता हुन्छ, जहाँ स्वतन्त्र पत्रकारिता हुन्छ त्यहाँ प्रजातन्त्र हुन्छ भन्नुभयो ।”

उहाँले भन्नुभयो, “प्रजातन्त्र र स्वतन्त्र पत्रकारिता एक अर्काका परिपूरक छन् ।” पत्रकारले लेख्न पाउने, बोल्न पाउने अधिकारलाई कुण्ठित गर्ने गरी सरकारले विधेयक ल्याउन लागिएको उल्लेख गर्दै उहाँले त्यस्तो विधेयकलाई कुनै पनि हालतमा पारित हुन नदिने बताउनुभयो ।

सभापति देउवाले नेपाली सेना सुरक्षा परिषद्बाट परिचालन हुने गरेकोमा अहिले भने व्यक्तिगत रुपमा परिचालन गर्न खोजिएकोप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । काङ्ग्रेसले प्रतिपक्षको भूमिका सशक्त रुपमा निर्वाह गरिरहेको बताउँदै उहाँले कम्युनिष्ट पार्टीले जस्तो कुर्सी भाँच्ने, रेलिङ तोडफोड गर्ने नभई शान्तिपूर्ण विधि र प्रक्रियाका माध्यमबाट अघि बढेको स्पष्ट पार्नुभयो ।

सभापति देउवाले वर्तमान सरकारले शक्ति केन्द्रित गर्ने गरी विभिन्न विधेयक ल्याएको बताउँदै गलत मनसायका साथ आएका मिडिया काउन्सिल विधेयक, गुठी विधेयकलगायतलाई संसद्बाटै रोकिने धारणा व्यक्त गर्नुभयो ।

दयाशंकर पालिखेसहित पालिखे परिवारले देशका प्रजातान्त्रिक आन्दोलनमा गरेको महत्वपूर्ण योगदानको प्रशंसा पनि उहाँले गर्नुभयो ।

न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गङ्गाधर पराजुलीले पत्रकारको न्यूनतम पारिश्रमिक सम्बन्धमा समितिले पत्रकारहरुको हकहितमा महत्वपूर्ण कार्य गरेको बताउनुभयो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले संसद्मा रहेको मिडिया काउन्सिल विधेयक संशोधनसहित आउने प्रतिबद्धता सरकारले गरेका कारण महासङ्घको आन्दोलन हाललाई स्थगित गरिएको उल्लेख गर्दै स्वतन्त्र प्रेस विरोधी प्रावधान हटाउनका लागि पहल गर्न सभापति देउवलाई आग्रह गर्नुभयो ।

गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाले पत्रकारिता र प्रजातन्त्र एक अर्कासँग अन्तरसम्बन्धित भएको बताउँदै आफू सधैँ प्रेस स्वतन्त्रताका पक्षमा भएको धारणा राख्नुभयो । नेपाली काङ्ग्रेस कास्कीका सभापति कृष्ण केसीले लोकतन्त्रका मूल्य मान्यताबाट वर्तमान सरकारले पालना नगरेको बताउँदै यसको मूल्य मान्यतालाई आत्मसात गर्न आग्रह गर्नुभयो ।

पुरस्कृत व्यक्तित्व रवीन्द्रनाथ बाँस्तोलाले आफूलाई गरेको यो सम्मानले अझै जिम्मेवार र क्रियाशिल बनाउने धारणा राख्नुभयो । प्राप्त पुरस्कार राशीलाई बीउ पूँजी रहने गरी यसमा रकम थप गर्दै आफ्ना बाबुआमाको नाममा वार्षिक रुपमा प्रदान गर्ने गरी रु २५ हजार ५५५ को ‘विश्व–रेवती शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने घोषणा गर्नुभयो । सो पुरस्कारको सञ्चालन नेपाल पत्रकार महासङ्घ कास्की शाखाले गर्नेछ ।

पालिखे परिवारका सदस्य सुनयना पालिखेले प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण योगदान पु¥याएका स्व बुवा दयाशंकर पालिखेको स्मृतिमा आफूहरूले वर्षेनी पत्रकारिता पुरस्कार प्रदान गर्दै आएको बताउनुभयो ।

पोखराको सामाजिक रुपान्तरणमा नेतृत्वदायी भूमिका निर्वाह गरेकी स्व आमा उत्तराकुमारी पालिखेको स्मृतिमा आफ्नो परिवारले यसै वर्षदेखि सामाजिक जागरणमा क्रियाशिल एक जना महिलालाई वर्षेनी पुरस्कृत गर्ने गरी रु दुई लाख ५० हजारको अक्षय कोष स्थापना गर्ने घोषणा पनि उहाँले गर्नुभयो । अन्नपूर्ण एफ एम ९३ दशमलव ४ ले सञ्चालन गर्ने गरी सो पुरस्कार एफएमको वार्षिकोत्सवका अवसरमा प्रदान गरिने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group