काठमाडौँ , २४ साउन । आज विश्व आदिवासी दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ ।
संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेपछि हरेक वर्ष अगस्ट ९ तारिखमा यो दिवस मनाउन थालिएको हो । दिवसको अवसरमा काठमाडौंको भृकुटीमण्डपबाट बृहत सांस्कृतिक, झा“कीसहितको ¥याली निकालिदै छ । ¥याली भद्रकाली, शहिदगेट, न्यूरोडगेट, रत्नपार्क हु“दै राष्ट्रिय सभागृहमा पुगेर मूल समारोहमा परिणत हुनेछ ।
दिवसकै अवसरमा आज प्रदेश नम्बर १ मा सार्वजनिक बिदा दिइएको छ । प्रदेश नं. १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सूचना जारी गर्दै बिदाको घोषणा गरेको हो ।
प्रतिक्रिया दिनुहोस्