ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा जापानिज भाषा अध्ययनका लागि ई -लर्निङ सेवा सञ्चालन


एबीसी न्यूज
२४ श्रावण २०७६, शुक्रबार   ५ : ५६   बजे

काठमाडौँ , २४ साउन । नेपालमा जापानिज भाषा अध्ययनका लागि ई -लर्निङ सेवा सुरु भएको छ। बिहीबारदेखि जापानिज भाषा अध्ययनका लागि ई– लर्निङ सेवाको औपचारिक सम्झौता भएको हो।

जापानस्थित जापनिज इन्स्टिच्युट अफ कलचर एण्ड इकोनोमिक्स जेआइसिई का सिइओ नाकाता सुनिइची र नेपालका तर्फबाट लिङकन इन्स्टिच्युट अफ मल्टिपल स्टडिज प्रालिका अध्यक्ष पुकार थापाले नेपालमा जापानिज भाषा अध्ययनका लागि ई–लर्निङ सेवाको औपचारिक सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै जेआइसिईका सिइओ नाकाता सुनिइचीले जापानमा अध्ययनका लागि तथा रोजगारीको खोजीमा थुप्रै युवा जाने गरेकाले नेपाली युवाहरुको सहजताका लागि ई–लर्निङ सेवा सुरु गर्न लागिएको बताए। ‘जापानमा जाने नेपाली युवाहरु भाषा अध्ययन गरेर गए पनि कन्भरसेसन गर्न सक्दैनन्, कतिपय त भाषा पढेर गए पनि राम्रोसँग बुझ्न सक्दैनन्, त्यस्तो समस्या समाधानका लागि हामीले ई–लर्निङ सेवा सुचारु गर्न लागेका हौँ,’ उनले भने।

सिइओ सुनिइचीका अनुसार ई–लर्निङमार्फत अध्ययन गरेका विद्यार्थी तथा कामदारहरुले जापानमा सामान्य बोलिचालीको भाषा राम्रोसँग बुझ्न र बोल्न सक्दछन्। ई–लर्निङमार्फत पढेर, सुनेर तथा भिडियो हेरेर पनि भाषा सिक्न सकिने नेपालका तर्फबाट जेआइसिईका प्रतिनिधि लक्ष्मण ओझाले बताए।

नेपालमा सुरुवाती चरणमा इन्टरनेटको पहुँच भएका स्थानहरुमा ई–लर्निङ सेवा सुरु गरिने र नेपाल बाहिरका इन्टरनेटको पहुँच नभएका स्थानमा समेत इन्टरनेट पहुँच विस्तार गरी सेवा सुचारु गरिने ओझाको भनाइ छ।

के हो ई–लर्निङरु
इन्टरनेटका माध्यमबाट अध्ययन गर्न सकिने सेवा नै ई–लर्निङ सेवा हो। ई(लर्निङ सेवामार्फत एन फाइभ तहसम्मको जापानिज भाषा सिक्न सकिन्छ।

ई–लर्निङमार्फत आफू अनुकूल ठाउँमा इन्टरनेट पहुँच क्षेत्रमा बसेर अध्ययन गर्न सक्ने व्यवस्था गरिएको छ। आफ्नो मोबाईल, ल्यापटप तथा कम्प्युटरमार्फत ई–लर्निङ सेवा लिन सकिन्छ।

यो सेवामार्फत जापानिज भाषा सिक्न ४ महिनाको अध्ययन कोर्स राखिएको छ।

ई–लर्निङका लागि शुल्क कतिरु
ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि एक व्यक्तिले एउटा ई–लर्निङ आइडी र पासवर्ड लिन सकिन्छ। सो आइडी र पासवर्ड लिएबापत १५ हजार रुपैयाँ शुल्क लाग्छ।

ई–लर्निङ सेवामार्फत जापानिज भाषा अध्ययनका लागि विभिन्न जापानिज भाषा प्रशिक्षण संस्थामार्फत सहकार्य गरी व्यक्तिहरुले आफ्नो आइडी लिन सक्ने व्यवस्था गरिने जेआइसिईका सिइओ नाकाता सुनिइचीले बताए।

एउटा आइडी एक पटकमा एउटा मात्रै मोबाइल, ल्यापटप वा कम्प्युटरमा लगइन गरेर प्रयोग गर्न सकिन्छ।

‘आफ्नो ई–लर्निङको आइडी एउटा मोबाइलमा लगइन छ र अब मोबाइलबाट नचलाएर कम्प्युटर, ल्यापटप वा अर्को मोबाइलमा लगइन गरेर अध्ययन गर्नुपर्यो भने पहिले लगइन भइरहेको डिभाइसबाट लगआउट गरेपछि मात्रै अन्य डिभाइसमा लगइन गर्न सकिन्छ,’ सुनिइचीले भने।

ई–लर्निङका फाइदा
अध्ययनका लागि होस् वा कामका लागि जापान नेपाली युवाहरुको गन्तव्य मुलुकका रुपमा रहँदै आएको छ।

अध्ययनका लागि विद्यार्थी भिसामा थुप्रै विद्यार्थी जापान जाने गरेका छन्। रोजगारीको खोजीमा पनि थुप्रै नेपाली युवाहरु जापान पुग्ने गर्दछन्। नेपालका विभिन्न इन्स्टिच्युटमार्फत अध्ययन गरेर जापान पुगेका नेपाली युवा राम्रोसँग भाषा बोल्न नसक्ने समस्या रहेको जापान इन्टरनेसनल को अपरेसन सेन्टरका सिइओ सुनिइचीको भनाइ छ।

ई(लर्निङमार्फत जापानिज भाषा अध्ययन गर्ने विद्यार्थीहरुले जापान पुगेर भाषा नबुझ्ने तथा बोल्न नसक्ने लगायतका समस्या झेल्नु नपर्ने उनीहरुको भनाइ छ।

‘अहिले नेपालबाट जापान जाने विद्यार्थीहरु जापानको ओसाका र टोकियो क्षेत्रमा धेरै समस्यामा छन्,’ सुनिइचीले भने, ‘नेपाली विद्यार्थी तथा कामदारहरु ई–लर्निङमार्फत भाषा अध्ययन गरेर जापान जाँदा त्यस्तो समस्या हुँदैन, जापानिज भाषामा दक्ष भएर अध्ययनका लागि तथा रोजगारीका लागि जापान जान सक्नुहुन्छ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group