ABC NEWS NEPAL | No.1 News channel of Nepal
२२ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश सरकारका मन्त्री आफै बजार अनुगमनमा


sharan sharan
२४ श्रावण २०७६, शुक्रबार   ६ : ५५   बजे

बुटवल, २४ साउन
प्रदेश नम्बर ५ का कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले प्रदेश राजधानी बुटवलको बिभिन्न तरकारी तथा फलफुल पसलको अनुगमन गर्नु भएको छ ।
तरकारी र फलफुलमा चर्को मुल्य बृद्दि भएको र अत्याधिक बिषादी प्रयोग भएको जन गुनासो आएपछि बजार अनुगमन गरिएको कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्रालयले जनाएको छ । आज मध्यान्ह बाणिज्य कार्यालय, जिल्ला प्रशासन कार्यालय र उद्योग बाणिज्यसंघका प्रतिनिधिहरु सहित अनुगमनमा निस्केको टोलिले कृषि उपज केन्द्र बुटवलमा अनुगमन गर्दा ब्यवसायीहरुसंग खरिद बिल तथा बिषादी अवशेष जांच गरेको प्रमाणपत्र नभेटिएको पाईएको छ ।
१२ वटा पसलमा अनुगमन गर्दा ६ वटा पसल बाणिज्य कार्यालयमा दर्ता नै नभएका, तरकारी तथा फलफुलको खरिद बिल नराखेको र बिषादी अवशेष परिक्षणको प्रमाणपत्र समेत नभएको पाईएकाले बाणिज्य कार्यालयमा उपस्थित हुन पत्र कार्टीको छ भने ६ वटा पसललाई सामान्य चेतावनी दिएर छाडीएको छ । अनुगमन भएका २ वटा पसलबाट बिषादी परिक्षणका लागि नमुना समेत बरामद भएको बताईएको छ ।


बजारमा मुल्य अत्याधिक बढाउने, बिषादी परिक्षण नगर्ने तथा किसानहरु ठगिने गुनासो आएपछि अनुगमन थालिएको प्रदेश ५ सरकारका कृषि, भुमि ब्यवस्था तथा सहकारी मन्त्री आरती पौडेलले बताउनु भयो ।
बाणिज्य कार्यालयका प्रमुख रुद्र प्रसाद ज्ञवालीले अधिकांस पसलहरुमा बाणिज्य दर्ता समेत नभएकाले कारवाहि प्रक्रिया अगाडी बढाईएको बताउनु भयो ।
मन्त्रालयले नियमीत अनुगम गर्ने र नियम बिपरित कार्य गर्नेलाई कारवाहि गरिने जनाएको छ । कृषि उपज थोक बजार केन्द्रका सञ्चलक कलाधर पन्थीको ब्यवसायीक फर्म आशिक फ«ुट सेण्टरमा समेत कुनै कागजपत्र नभेटिएको पाईएको थियो । देबेन्द्र राहुल आलु भण्डार, साधु एण्ड बिजय भेजिटेबल सेण्टर, भान्जा फ«ुट एण्ड भेजटेबल सप्लायर्स लगायतका पसलहरुमा आवश्यक कागजपत्र नभेटिएकाले पत्र काटिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

ज्योति विकास बैंकले ‘नेपालपे’ कार्ड सेवा सञ्चालन गर्ने

तातोपानी बीओपीमा सुख्खा पहिरो, सशस्त्र प्रहरीको ब्यारेकमा क्षति

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu