काठमाडौं, २४ साउन । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले झापाको कमल गाउँपालिका–५ लखनपुरमा सुविधा सम्पन्न रङ्गशाला निर्माण गर्नुपर्नेमा जोड दिनुभएको छ । उहाँले सो क्षेत्रमा आदिवासी स्मृति उद्दानसहितको सङ्ग्रहालय बनाउन सबै पक्ष गम्भिर हुनुपर्ने बताउनुभयो ।
“उद्दान र सङ्ग्रहालय बनाउन कुनै दुविधा छैन”, २५औँ अन्तर्राष्ट्रिय आदिवासी दिवसको अवसरमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो । मुख्यमन्त्री राईले निर्माणाधीन रङ्गशालालाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो । उद्दान, सङ्ग्रहालय लगायत संरचना निर्माणका लागि प्रदेश सरकारले चालू आर्थिक वर्षमा रु दुई करोड विनियोजन गरिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्