दाङ, २५ साउन । दाङमा गएको आर्थिक बर्षमा साढे १० हजार भन्दा बढिले राहदानी अर्थात पासपोर्ट लिएका छन । जिल्ला प्रशाासन कार्यालय , ईलाका प्रशासन कार्यालय तुलसीपुर र लमहीबाट गरी १० हजार ७१९ जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ ।
कार्यालयवाट र द्रुत सेवाबाट गरी राहदानी लिएको जिल्ला प्रशासन कार्यालय दाङका सहायक प्रमुख जिल्ला अधिकारी तथा सुचना अधिकारी गञ्ज बहादुर विष्टले जानकारी दिए । कार्यालयबाट मात्र ७ हजार ४८३ जनाले लिएका र दु्रत सेवा मार्फत विभागबाट ३ हजार २३९ जनाले राहदानी लिएको उनले बताए । ति मध्य ७ हजार २४७ वितरण गरि सकेको र ४ सय १६ वितरण गर्न बाँकी रहेको सुचना अधिकारी विष्टले जानकारी दिए ।
त्यसैगरी आर्थिक बर्ष २०७४/७५ मा कार्यालयवाट र दु्रत सेवा मार्फत ११ हजार २९० जनाले राहदानी लिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । त्यसैगरी जिल्ला प्रशासन कार्यालयबाट मात्र २ हजार ७८१ जनाले लिएका र दु्रत सेवा मार्फत १२ सय ९४ जनाले लिएका छन् । त्यसैगरी राहदानी शुल्क दस्तुर वापत १ करोड ४७ लाख १३ हजार रुपैयाँ राजश्व संकलन भएको उनले बताए । यता ईलाका प्रशासन कार्यालय तुलसीपुरबाट गएको आर्थिक बर्षमा ३३ सय ८८ जनाले र दु्रत सेवा मार्फत १४ सय ४७ जनाले राहदानी लिएको कार्यालयले जनाएको छ ।
३ हजार ६ सय २० पुरुष र १ हजार २ सय १५ महिलाले राहदानी लिएको कार्यालयका शाखा अधिकृत श्रीधर टण्डनले बताए । यो बर्षमा राहदानी लिनेको संख्या भने घट्दै गएको छ । त्यसैगरी पहिलेको तुलनामा भन्दा अहिले राहदानी छिटो पाईने पनि उनले जानकारी दिए । यसैगरी ईलाका प्रशासन कार्यालय लमहीबाट गउको आर्थिक बर्ष २०७५÷७६ मा कार्यालयबाट र दु्रत सेवा मार्फतबाट गरी १८ सय १२ जनाले राहदानी लिएको कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्