ABC NEWS NEPAL | No.1 News channel of Nepal
६ श्रावण २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महानगरबाट विद्यालय भवनका लागि रु चार लाख


admin
१२ कार्तिक २०७४, आइतबार   १२ : ५२   बजे

काठमाडौँ, १२ कात्तिक । काठमाडौँ महानगरपालिकाले बाफलस्थित बाढी प्रभावित ज्ञानोदय माविको भवन निर्माणका लागि रु चार लाख दिने भएको छ ।

विद्यालयमा राधाकृष्ण प्रतिभा पुरस्कारसहित विभिन्न पुरस्कारबाट विद्यालयका मेधावी छात्रछात्रालाई पुरस्कृत गर्न शुक्रबार आयोजित कार्यक्रममा महानगरपालिका प्रमुख विद्यासुन्दर शाक्यले विद्यालयको नयाँ भवनका लागि रु चार लाख दिने प्रक्रिया शुरु भएको र अन्य सहयोगका लागि पनि आफूहरु तयार रहेको बताउनुभयो ।

गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइइ) मा सफल विद्यार्थीलाई बिदाइ गर्न आयोजित कार्यक्रममा रु १५ हजार पाँचको राधाकृष्ण प्रतिभा पुरस्कार छात्रतर्फ ओमप्रकाश शर्मा र छात्रातर्फ रञ्जु अधिकारीलाई प्रदान गरियो ।

विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष राधाकृष्ण शर्मा पराजुलीका नाममा सो पुरस्कार स्थापना भएको हो । यस्तै ज्ञानोदय प्रतिभा पुरस्कार विज्ञान संकायका गगन पोखरेल र नेहा गुप्तालाई प्रदान गरियो । विद्यालयका प्रअ नातिकाजी महर्जनले विद्यालयको प्रगति विवरण प्रस्तुत गर्दै बाढीबाट प्रभावित विद्यालय भवन बनाउन प्रारम्भ गरिने बताउनुभयो ।

उपत्यकामा सामुदायिकतर्फ राम्रो नतिजा ल्याउनेमा पर्ने सो विद्यालयबाट गत वर्ष १८६ विद्यार्थी एसइइ परीक्षामा सफल भएका थिए । त्यसमा ४९ जना ‘ए’ प्लस ग्रेडमा आएका थिए । उनीहरुलाई जनही रु दुई हजार पुरस्कार दिइयो । हाल विद्यालयमा दुई हजार दुई सय विद्यार्थी रहेको शिक्षक गोवन्दप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विपद् पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलहरूद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रश्ताव दर्ता

टेकुमा निर्माणाधिन फोहोर स्थानान्तरण केन्द्र मंसिरभित्र सञ्चालनमा ल्याउने तयारी

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu