काठमाडौं, २५ साउन । महानगरीय प्रहरी वृत्त सिंहदरबारबाट ४ जना थुनुवा भागेका छन् ।
बिहान भेन्टिलेटर तोडेर भागेकामध्ये २ जनालाई पक्राउ गरिसकिएको प्रहरीले जनाएको छ । अरु २ जनाको खोजी भइरहेको छ । उनीहरु लागुऔषध र चोरी मुद्दामा थुनामा परेका हुन् । घटनाका बारेमा थप जानकारी आउन बाँकी छ ।
प्रतिक्रिया दिनुहोस्