ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तेस्रोलिङ्गीका पीडा, ब्यथा र बेदना जेब्राक्रसमा


एबीसी न्यूज
२५ श्रावण २०७६, शनिबार   ७ : ४४   बजे

काठमाडौं,  २५ साउन  । तेस्रोलिङ्गीका पीडा, ब्यथा र बेदना समेटिएको उपन्यासकार तर्कना शर्माको उपन्यास ‘जेब्राक्रस’को यहाँ परिचर्चा भएको छ । पोखरेली साहित्यकारको अभियान ‘पुछारसिटे अभियान’द्वारा यहाँ आज आयोजित कार्यक्रममा साहित्यकारले जेब्राक्रसमा समेटिएका विविध पक्षलाई खोतल्ने प्रयास गरे ।साहित्यकार भुवनहरि सिग्देलले उपन्यासले नेपाली समाजले उपेक्षा गरेको वर्ग ९तेस्रोलिङ्गी० को पीडालाई उठान गरी सो विषयलाई समाजमा स्थापित गराउने काम गरेको बताउनुभयो ।

सामाजिक एवं कानूनी दुवै क्षेत्रबाट तेस्रोलिङ्गीप्रति हुने दुव्र्यवहार र गलत धारणालाई अन्त्य गर्ने कार्यमा सिङ्गो समाज एक भएर लाग्नुपर्ने कुरा पुस्तकमा मूल विचारका रूपमा प्रस्तुत भएको उहाँको भनाइ छ ।समाजमा तेस्रोलिङ्गीलाई सुरक्षित अवतरण गर्न माग गर्दै उपन्यासको नामकरण नै ‘जेब्राक्रस’ राखिएको हुनसक्ने सङ्केत गर्दै उहाँले गम्भीर विषयलाई सरल शैलीमा प्रस्तुत गरिएको उल्लेख गर्नुभयो ।

तेस्रोलिङ्गी एवं समलैङ्गीकताका विषयका अध्येता रमेश पन्तले समलिङ्गी र तेस्रोलिङ्गी बन्नु पूर्णतः प्राकृतिक प्रक्रिया भएको र यसलाई अप्राकृतिकरूपमा लिनु आफैँमा त्रुटिपूर्ण रहेको विचार व्यक्त गर्नुभयो । “आमाको गर्भमा रहँदा नै बच्चाको शारीरिक विकास प्रक्रियामा आउने हार्मोनको गडबडीलाई व्यक्तिको मानसिकतासँग जोडेर हेर्न हुँदैन”, उहाँले भन्नुभयो, “उपन्यासमा समाजको सोच्ने गलत संस्कारका कारण तेस्रोलिङ्गीले व्यहोर्नुपर्ने कठिनाइको शल्यक्रिया गरिएको छ ।”

प्राकृतिकरूपमै तेस्रोलिङ्गी महिला र पुरुषभन्दा फरक रहेकाले उनीहरूको फरक अस्तित्वलाई स्वीकार्ने दिशामा समाज अगाडि बढ्नुपर्ने बताउँदै उहाँले तेस्रोलिङ्गीले महिला तथा पुरुषलाई जीवनसाथीका रूपमा स्वीकारेर अगाडि बढ्दा जीवनमा आउने अप्ठ्यारालाई उपन्यासमा चित्रण गर्न लेखिका सफल भएको पन्तले उल्लेख गर्नुभयो । उपन्यासकार तर्कना शर्माले आफूले समाजमा तेस्रोलिङ्गीले भोग्नुपरेका पीडाका बारेमा सुन्दै आएको र केही साथीमार्फत यस क्षेत्रका समस्याका बारेमा जानकारी प्राप्त गरेपछि यसमा थप अध्ययन गरेर उपन्यास तयार गरेको बताउनुभयो ।

तेस्रोलिङ्गी बिन्दिया गौतमले समाजमा तेस्रोलिङ्गीले निकै कठिनाइ भोग्नुपरेको बताउँदै साहित्य, कला, नाटक र सङ्गीतका माध्यमबाट यस वर्गका सम्बन्धमा समाजमा रहेका गलत धारणालाई हटाएर सकारात्मक सोचको विकास गर्न निकै टेवा पुग्ने धारणा राख्नुभयो । पछिल्लो समयमा साहित्य र कलाको क्षेत्रले आफूहरूको वर्गप्रति न्याय गरेको बताउँदै सबैको सहयोगमा प्राकृतिक विषयका रूपमा यसलाई स्थापित गर्नुपर्ने धारणा राख्नुभयो ।

समाजमा यस्तो लेखनका साथै यस प्रकारका कार्यक्रम गरिनु सकारात्मक रहेको र यसले आफूहरूमा आशा जगाएको उल्लेख गर्दै उहाँले निरन्तरताका लागि साहित्यकार एवं कलाकारलाई आग्रह गर्नुभयो । पुछारसिटे अभियानका अभियन्ता वसन्त विनोद, अभियानका संयोजक सञ्जीव पौडेल, साहित्यकार सुरज उपाध्याय लगायतले उपन्यासका विविधपक्षबारे प्रकाश पार्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘बी’ आयोजनामा २०१ जना सम्पर्कविहीन

सप्तकोसीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीमा सतर्कता, प्रहरीले गर्‍यो माइकिङ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu