ABC NEWS NEPAL | No.1 News channel of Nepal
१४ भदौ २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महिलालाई सबै क्षेत्रमा ५० प्रतिशत आरक्षण हुनुपर्छ– महामन्त्री कोइराला


एबीसी न्यूज
२५ श्रावण २०७६, शनिबार   ८ : ३२   बजे

काठमाडौं,  २५ साउन  । राजनीतिक क्षेत्रमा ख्याति कमाएका व्यक्तिका बारेमा मात्र लेखकले पुस्तक प्रकाशन गरिरहेका बेला सामान्य चिनारीमा रही सामाजिक सेवामा लागेकाको कृति सार्वजनिक भएको छ ।

बूढानीलकण्ठ नगरपालिका–१२ मा रही समाजसेवालगायत मानव प्रेरणामा सक्रिय भुवन गिरीका बारेमा समाजमा ख्यातिप्राप्तसहित सामान्य गरी ७५ लेखकले लेखेको पुस्तक ‘प्रेरक अभियन्ता भुवन’ सार्वजनिक भयो । कृतिको सम्पादन बालकृष्ण दाहाल ‘बिकेडी’ ले गर्नुभएको हो । प्रकाशन भने नारी जागृति समाजले गरेको हो ।

समाजले आज यहाँ आयोजना गरेको कार्यक्रममा पुस्तक लोकार्पण गर्नुहुँदै नेपाली काङ्ग्रेसका महामन्त्री डा सशाङ्क कोइरालाले जनसङ्ख्याको आधा भाग ओगटेका महिलालाई ५० प्रतिशत आरक्षणको व्यवस्था गरिनुपर्ने विचार व्यक्त गर्नुभयो । “विपी कोइरालाले विसं २०१५ कै मन्त्रिमण्डलमा महिलालाई पनि समावेशीरुपमा सहभागी गराउनुभएको थियो, राजनीतिलगायत हरेक क्षेत्रमा पुरुष जत्तिकै सहभागी गराउने उहाँको सोच विसं २०१७ पुस १ गतेको राजनीतिक परिवर्तनले रोकियो, त्यसपछि विपी जेल पर्नु भए पनि मैले आमा सुशीलाबाट समेत महिलालाई हरेक क्षेत्रमा समान सहभागिता जनाउनुपर्ने शिक्षा पाएँ”, पहिलो जननिर्वाचित प्रधानमन्त्री विपीका कनिष्ठ सुपुत्रसमेत रहनुभएका नेता कोइरालाले भन्नुभयो ।

आफूले देशको नेतृत्व गर्ने अवसर पाए महिलालाई हरेक क्षेत्रमा ५० प्रतिशत आरक्षणसहित सशक्तीकरण गर्ने उहाँको प्रतिबद्धता छ ।
कार्यक्रममा सांसद गगनकुमार थापाले आफ्नी कान्छी छोरी जन्मँदा तत्कालीन संविधानसभाका केही सभासद्ले समेत अर्कोपटक छोरा नै जन्मने विश्वास व्यक्त गर्दै शुभकामना दिएको प्रसङ्ग स्मरण गराउनुहुँदै महिलालाई हेर्ने दृष्टिकोण नीति निर्मातामा पनि बदलिन नसकेको बताउनुभयो ।

महिला जागरणमा सचेत वर्ग सबैको सहयोग हुनुपर्ने उहाँको भनाइ थियो । यसैबीच नेता थापाले सरकारले काम गर्न नसके त्यसको विकल्प अर्को सरकार हुने बताउनुहुँदै राजा फर्काउने गरी भइरहेका केही टिप्पणीप्रति आपत्ति जनाउनुभयो ।
सांसद प्रमिला राईले जनसङ्ख्याको ५१ प्रतिशत भाग ओगटेका महिलालाई सक्रिय बनाउन भुवन गिरीजस्ता अभियानकर्मीको भूमिका महत्वपूर्ण रहेको बताउनुभयो ।
पुस्तककी पात्र गिरीले आफ्ना लागि मात्र नभई अरुका लागि पनि सोच्नुपर्छ भन्ने भावनाले आफू अघि बढेको बताउनुभयो । पुस्तकका सम्पादक दाहालले समाजमा विभिन्न क्षेत्रमा नाम कमाएका व्यक्तिको मात्र पुस्तक निकाल्ने परम्पराभन्दा फरक गरी सामान्य मानिसको जीवनमा आधारित भई पाँचौँ पुस्तक प्रकाशन गरेको बताउनुभयो ।

छैटौँ पुस्तकका रुपमा युरोप यात्राको विषयलाई समेटेर किताब सार्वजनिक गर्ने तयारी भइरहेको जानकारी पनि उहाँले दिनुभयो । पुस्तकको समीक्षा गर्नुहुँदै प्रा ज्ञानु अधिकारी र प्रा गोविन्द लुइँटेलले सामाजिकरुपमा भुवन गिरीले पु¥याउनुभएको योगदानको चर्चा गरिए पनि त्यो प्रेरणा उहाँमा कसरी आयो भनी पुस्तकमा उल्लेख नगरिएकोतर्फ सम्पादक र प्रकाशकको ध्यानाकर्षण गराउनुभएको थियो ।

कार्यक्रममा समाजकी अध्यक्ष कान्ता अधिकारी दाहाल, सचिव भावना अर्याल खनाललगायतले अभियानकर्मी गिरीले आफ्नै घरकी घरेलु कामदारलाई समेत प्रेरणा दिएर सामाजिक जीवनमा पुनःस्थापित गर्नुभएको बताउनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

त्रिशूली–३ ‘बी’ आयोजनामा २०१ जना सम्पर्कविहीन

सप्तकोसीमा पानीको बहाव बढेपछि नदी किनारका बस्तीमा सतर्कता, प्रहरीले गर्‍यो माइकिङ

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu