दाङ, २६ साउन । दाङको पहाडी भेगमा पर्ने बंगलाचुली गाउँपालिकाको गाडीमा आगजनी भएको छ । गाउँपालिका अध्यक्ष चढ्ने गाडीमा शनिबार राति नचिनेको मानिसको समूहले आगजनी गरेको हो ।
आगजनीबाट रा १ झ १५२ नम्बरको गाडी पूर्ण रुपमा जलेर नष्ट भएको छ । गाडीमा लागेको आगो इलाका प्रहरी कार्यालय कमिरेचौरबाट सई गोपालप्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोली र स्थानीयले निभाएको थियो ।
बंगलाचुली गाउँपालिका वडा नम्बर ५ को कार्यालय, मुर्कुटीमा पार्किङ गरी राखिएको गाडीमा आगजनी भएको हो ।
शनिबार राति कपिलवस्तुको मायादेवी गाउँपालिकाका अध्यक्ष बजरंगी चौधरीले चढ्ने गाडीमा समेत नचिनेका मानिसको समूहले आगजनी गरेका छन् ।
यसैबीच शनिबार राति मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरी चढ्ने गरेको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी गरेको छ । सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा राति१०: ३० बजेतिर आगजनी भएको हो ।
आगजनी किन र कसले गर्यो भन्ने थाहा नभएको अध्यक्ष चौधरीले बताउनुभयो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।
कपिलवस्तु नगरपालिकाको दमकलले आगो निभाएको थियो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्