काठमाडौं, साउन २७ । सोमबार बिहान झापा जिल्लाको विर्तामोड नगरपालिकाको वडा कार्यालयमा बम विस्फोट भएको छ। नगरपालिकाको गरामनीमा रहेको ७,८ र ९ नम्बर वडाको संयूक्त वडा कार्यालयमा बम विस्फोट भएको हो।
विस्फोट बिहान साढे चार बजेको आसपासमा भएको र विस्फोटबाट कार्यलायका झ्यालका सिसा फुटेको प्रहरीले जनाएको छ ।
विस्फोटमा नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी(नेकपा)को हात हुनसक्ने प्रहरीले दावी गरेको छ ।
प्रतिक्रिया दिनुहोस्