ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आज हरिबोधनी एकादशी, नारायण मन्दिरमा भक्तजनको भीड


admin
१४ कार्तिक २०७४, मंगलबार   १२ : २९   बजे

काठमाडाँै, १४ कात्तिक । कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधनी एकादशीका दिन आज बिहानैदेखि देशभरका नारायण मन्दिरमा भक्तजनको भीड लागेको छ ।

आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिन क्षीरसागरमा शयन गर्नुभएका भगवान् विष्णु आजै जागा हुनुहुने भएकाले विशेष पूजा गरिन्छ ।
हरिशयनी एकादशीकै दिनदेखि घर–घरको तुलसी मठमा रोपिएको तुलसीलाई आज भगवान् विष्णुसँग विवाह गरिने प्रचलनसमेत रहेको छ ।

असारदेखि कात्तिकसम्म तुलसीको विशेष पूजा गरिने भएकाले यो समयलाई चतुर्मास पनि भनिन्छ । यस समयमा चतुर्मास महात्म्यसमेत सुन्ने गरिन्छ । आज उपत्यकाका चार नारायणमा दर्शन गरे मनोकांक्षा पूरा हुने धार्मिक विश्वास छ ।

यी चार नारायणको दर्शन गर्न नसक्नेले उपत्यकाको उत्तरी भागमा रहेको बूढानीलकण्ठ नारायणस्थानमा पूजा एवं दर्शन गरे चार वटै नारायणको दर्शन गरे बराबरको फल पाइने विश्वास छ ।

बूढानीलकण्ठमा आजदेखि कात्तिक शुक्लपूर्णिमासम्म लाग्ने विशेष मेला शुरु भएको छ । मेला सम्पन्न गर्न बूढानीलकण्ठ क्षेत्र विकास समितिको संयोजकत्वमा स्थानीय संघसंस्था सम्मिलित १०१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ ।

समितिअन्तर्गत आठ उपसमिति बनाइएको अध्यक्ष जयराम थापाले जानकारी दिनुभयो ।

बूढानीलकण्ठमा आज विहान १ बजेदेखि नै पूजा एवं दर्शनका लागि भक्तजनको भीड लागेको छ ।

यस वर्ष सात लाख भक्तजनले दर्शन गर्न सक्ने गरी व्यवस्था मिलाइएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन, देशभरबाट ३ हजारभन्दा बढी प्रहरी परिचालन

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Wildfires Claim At Least 12 Lives in Northeastern Algeria

Brazil Sues Discord Over Alleged Failures to Protect Young Users

Federal Reserve Governor Lisa Cook Defends Against Trump Administration’s Removal Efforts

Northern Nigerian Basketball Initiative Empowers Girls Through Sport

Rastriya Swatantra Party Pledges Rs. 5 Million for Nepal Flood Relief

मुग्लिन–नारायणगढ सडक अनिश्चितकालका लागि बन्द, अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu