ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बैंक नहुदा कारोबार गर्न समस्या


admin
१४ कार्तिक २०७४, मंगलबार   १ : २४   बजे

डडेल्धुरा, १४ कात्तिक ।  जिल्लाका पाँचवटा गाउँपालिकामा बैंक स्थापना हुन नसक्दा आर्थिक कारोबार गर्न समस्या भएको छ ।

गाउँपालिकाबाट निकासा गरिने बजेटका लागि पनि सदरमुकाम धाउनुपर्ने बाध्यता छ । निकासा गरिने रकमभन्दा बढी खर्च हुने गरेको छ । प्रत्येक स्थानीय तहमा अनिवार्य रुपमा बैंक स्थापना गर्ने भनिए पनि यहाँका सातवटा स्थानीय तहमध्ये पाँचवटा गाउँपालिकामा अझै बैंक स्थापना हुन सकेको छैन ।

आर्थिक कारोबार गर्नका लागि सेवाग्राही मारमा परेका छन् । भागेश्वर, अजयमेरु, आलिताल, नवदुर्गा र गन्यापधुरा गाउँपालिकामा हालसम्म बैंक स्थापना हुन सकेको छैन । कार्यालयको काम छोडेर सानो रकमका लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता छ ।

आलिताल गाउँपालिकाबाट रु दुई हजार ५०० रकम साँट्न वा जम्मा गर्नका लागि सदरमुकाम पुग्नुपर्ने हुन्छ । आलितालबाट सदरमुकाम आउँदा रु ३०० गाडी भाडा र दुई दिनको खाने बस्न खर्च लगाउँदा सो रकमभन्दा बढी खर्च हुने गरेको छ । आलितालजस्तै अजयमेरु, नवदुर्गा र गन्यापबाट पनि सदरमुकाम आउन जान मात्रै रु एक हजारभन्दा बढी खर्च हुन्छ ।

“बैंकले विविध कारण देखाएर ढिलासुस्ती गरिरहेका छन्,” अजयमेरु गाउँपालिकाका उपप्रमुख कलावती भाटले भन्नुभयो ।

आलिताल गाउँपालिकाका अध्यक्ष बलबहादुर गुरुङ स्थानीय तहमा बैंक नहुँदा जनप्रतिनिधि र कर्मचारी जिल्ला सदरमुकाम धाउँदा स्थानीय तहका कार्यालयको काम प्रभावित हुने गरेको छ । गाउँपालिकाका कर्मचारी र पदाधिकारी सदरमुकाम धाउनमा व्यस्त रहँदा समयमै काम नहुने गरेको सेवाग्राहीको गुनासो छ ।

निजी बैंकले बैंक स्थापनाका लागि गाउँपालिकालाई आश्वासन दिएको भए पनि हालसम्म स्थापना हुन नसक्दा सेवाग्राहीका साथै स्थानीय तहमा संकलन हुने राजस्व जम्मा गर्न समस्या हुने गरेको भागेश्वर गाउँपालिकाका अध्यक्ष कौशिला भट्टको भनाइ छ । स्थानीयस्तरमा सरकारले कामको थालनी गरेसँगै आवश्यक पर्ने कार्यालय तथा बैंक चाँडो स्थापना गरिनुपर्ने सर्वसाधारण बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

अतिधनीहरूको उदय : २,४०० वर्षअघि प्लेटोले देखेको खतरा

रवि लामिछानेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणका अभियोग हटेपछि प्रधानमन्त्री बन्ने सम्भावनासमेत बलियो

एकैदिन सुनको भाउ तोलामा साढे १० हजार रुपैयाँ घट्यो

विशेष अदालतको आदेश: दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा (पूर्णपाठ)

झापाबाट चितवनसम्म बजेट कटौतीको सन्देश: राजनीतिक प्रभाव कम कि विकासको नयाँ मोडेल?

बजेट ‘शक्तिकेन्द्र’ को वरिपरि घुम्यो: रास्वपा सांसदहरूकै कडा आलोचना

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group