काठमाडौं,३ मङसिर । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संविधानअनुसार आ–आफ्ना धर्म मान्न र आस्था प्रकट गर्न राज्यले कसैलाई नरोकेको बताउनुभएको छ । राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालको ११ औँ राष्ट्रिय भेलाको आज यहाँ उदघाटन गर्दै उहाँले भन्नुभयो, “एउटा धर्म मान्नेले अर्को समुदायको धर्म मान्नेमाथि हेला गर्नु हुँदैन ...