ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

छोरा प्रकाशको पहिलो स्मृतिमा सबै नेताको अगाडि भक्कानिए प्रचण्ड


admin
३ मंसिर २०७५, सोमबार   २ : १३   बजे

काठमाडौं, ३ मङ्सिर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड छोरा प्रकाशको पहिलो स्मृति सभामा भक्कानिएका छन ।

ललितपुरको खुमलटारस्थित आफ्नै निवासमा आफ्ना एक्ला छोरा प्रकाशको पहिलो स्मृति सभामा बोलिरहँदा दाहाल गहँभरी आँशु झार्दैं भक्कानिनु भएको हो । उहाँले एक वर्ष अघि छोराको निधन हुँदा पार्टी सम्हाल्ने कि घर सम्हाल्ने भन्ने स्थिति आएको तर सिंगो राष्ट्र र सबैको सहयोगमा आफू दुवै सम्हाल्न सफल भएको पनि स्मरण गराउनु भयो ।

अध्यक्ष दाहाल ‘छोराको असमायिक निधन भएको’ भनिरहँदा भक्कानिनु भएको थियो । उहाँले प्रधानमन्त्री केपी ओलीले सम्हालिन गरेको आग्रहलाई स्मरण गर्दै शोकलाई शक्तिमा बदलेर राष्ट्रहितको निरन्तर लागि रहने प्रण पनि गर्नु भयो ।

त्यस अवसरमा अध्यक्ष दाहालले देश, जनता र पार्टी नेता तथा कार्यकर्ताहरुले साथ नदिएको भए आफ्नो परिवार विघटन हुनसक्थ्यो भनिरहँदा सभा स्तब्ध भएको थियो । उहाँले परिपक्व हुँदै गएका छोरा प्रकाशको असमायिक निधनले ठूलो क्षति पुगेको पनि उल्लेख गर्नु भयो ।

कार्यक्रममा दाहालसँगै रहनु भएकी पत्नी सिता सभाभर भावविह्वल अवस्थामा रहनु भएको थियो । मंचमा रहेकी सितालाई छोरीहरुले सम्हाल्नु परेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी ओली, प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, पूर्व प्रधानमन्त्रीहरु, मन्त्रीहरु, विभिन्न राजनीतिक दलका नेताहरु, सांसदहरुलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा उपराष्ट्रपति पुन, प्रधानमन्त्री ओली र अध्यक्ष दाहालले संयुक्त रुपमा प्रकाश दाहालको स्मृति ग्रन्थ पनि बिमोचन गर्नु भएको थियो । कार्यक्रमा अध्यक्ष दाहालले स्मृति सभामा सहभागी हुनु भएका सबैप्रति आभार व्यक्त गर्नु भएको थियो । एक वर्ष अघि दाहालका एक मात्रै छोरा प्रकाशको हृदयघातका कारण निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

सम्बन्धित

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

प्रहरीमाथि दाउ प्रहार गर्ने महिला पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group