काठमाडौं, १४ जेठ । नयाँ शक्ति पार्टी नेपालका संयोजक डाक्टर बाबुराम भट्टराईले सहभागितामुलक लोकतन्त्रमा आधारित नयाँ प्रकारको समाजवाद आवश्यक रहेको बताउनुभएको छ । नयाँ शक्ति पार्टी नेपालको राष्ट्रिय युवा अभियान विशेष भेला आयोजक समितिले सोमबार काठमाडौंमा गरेको कार्यक्रममा भट्टराईले यसअघिको उदारवाद र समाजवादले काम नदिने ...