काठमाडौं, २ फागुन । नेकपा एमालेका निर्वाचित सांसद तथा पूर्वडीआइजी नवराज सिलवालको मुद्दाको निष्पक्ष छानबिन हुनुपर्ने माग राख्दै स्वतन्त्र नागरिक समूहले बुधबार सरकारी वकिलको कार्यलयमा धर्ना दिएका छन् । उनीहरुले कार्यसम्पादनको मूल्यांकन रिपोर्ट सिलवालसँग नहुने र राज्यको संयन्त्रले नै कार्यसम्पादन मूल्यांकन रिपोर्टमा परिवर्तन गरेको हुनसक्ने ...