काठमाडौं १७ वैशाख । सत्तारूढ दलको चुनावी गठबन्धनको केन्द्र भरतपुर महानगरपालिकामा कांग्रेसबाट स्वतन्त्र उम्मेदवार रहेका जगन्नाथ पौडेल प्रमुख चुनौती बनेका छन् । उम्मेदवारी फिर्ता गराउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बुधबार गृहमन्त्री बालकृष्ण खाँण र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठलाई भरतपुर पठाए पनि ...