काठमाडौँ, १० असार । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनले लोकतन्त्रमाथि नै खतरा उत्पन्न गरेको बताउनुभएको छ । विपक्षी गठबन्धनले आज विभिन्न सञ्चारमाध्यमका सम्पादकसँगको आजको अन्तरक्रियामा उहाँले प्रतिनिधिसभाका बहुमत १४९ सदस्यको हस्ताक्षरसहित राष्ट्रपतिको आह्वानअनुसार आफूहरुले प्रधानमन्त्रीका लागि दाबीसहित पेश गरेको आवेदन अस्वीकार गर्नु लोकतान्त्रिक ...