काठमाडौं, २९ जेठ । नेपाली काङ्ग्रेस र राष्ट्रिय जनता पार्टी राजपाका सांसदले संयुक्तरुपमा गुठीसम्बन्धी विधेयकलाई फिर्ता लिन सरकारको ध्यानाकर्षण गराउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठक शुरु हुने बित्तिकै उहाँहरुले विधेयक फिर्ता लिन माग गर्दै काठमाडौँका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै आन्दोलनकारीका माग पूरा गर्नसमेत माग गर्नुभयो ...