आज हामी एबीसी टेलिभिजनको १७ औं वार्षिकोत्सवको अवसरमा यहाँ उभिएका छौँ, त्यो केवल एउटा संस्थागत उत्सव मात्र होइन, नेपालकै सञ्चारको ऐतिहासिक यात्राको गहिरो प्रमाण पनि हो। १७ वर्षको अन्तराल कुनै संस्थाको हिसाबमा लामो समय मात्र होइन, एउटा पुस्ता नै परिवर्तन गर्ने क्षमता बोकेको अवधि हो। ...