काठमाडौँ, १६ बैशाख । निर्वाचन आयोगले स्थानीय निर्वाचनका लागि ७५३ वटै मतगणनास्थलमा अनिवार्य सीसी क्यामेराको प्रवन्ध गर्न लगाएको छ । मतगणनालाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले सीसी क्यामेराको प्रबन्ध गर्न आयोगले निर्देशन दिएको हो । ...