काठमाडौं ६ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलाई अबको चारै वर्ष संसद्मा अवरोध गरिरहन भनेका छन्। सहकारी ठगी प्रकरणमा मुछिएको आरोपसहित आफ्नो राजीनामा मागिरहेको कांग्रेसलाई मंगलबार बसेको संसद् बैठकका क्रममा गृहमन्त्री लामिछानेले यस्तो चुनौती दिएका हुन्। संसद् बैठकबाट बाहिरिने ...