काठमाडौं, ४ माघ २०८२ — नेकपा एमालेले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार टुंग्याउने क्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले ११औँ महाधिवेशनको आन्तरिक प्रतिस्पर्धालाई चुनावी टिकटमार्फत ‘सेटल’ गर्न खोजेको आरोप तीव्र बनेको छ। शनिबार बसेको सचिवालय बैठकबाट सार्वजनिक भएको प्रारम्भिक सूचीले महाधिवेशनमा ओलीविरुद्ध उभिएका ...