ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ श्रावण २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमालेको झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन : ओलीको गृहजिल्लामा विकास गिरी कमान्डर


एबीसी न्यूज
३ माघ २०८२, शनिबार   ९ : ३०   बजे

काठमाडौं, ३ माघ २०८२ — फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राजनीतिक दलहरूले आफ्नो संगठनात्मक र चुनावी तयारी तीव्र पारेका छन्। नेकपा एमालेले ओलीको गृहजिल्ला झापामा ‘नेसनल भोलेन्टियर फोर्स’ गठन गरेको छ ।

नेकपा एमालेले झापा जिल्लामा ६२ सदस्यीय नेसनल भोलेन्टियर फोर्स घोषणा गरेको छ। यो फोर्सको संयोजक (कमान्डर) मा विकास गिरी लाई तोकिएको छ। सहायक कमान्डरहरूमा भानु सुब्बा र बाबु लिम्बू छन्।

झापा जिल्ला पार्टी कार्यालयमा आयोजित कार्यक्रममा फोर्सको घोषणा गरिएको हो। केन्द्रीय कमान्डर पुष्पराज श्रेष्ठ ले शपथग्रहण गराउँदै भने, “नेपाली जनताको सुरक्षाका लागि देशभर संगठन विस्तार गरिनेछ। विदेशी चलखेलविरुद्ध युवाहरू एकजुट हुनुपर्छ। देश जलाउने र बनाउनेबीचको भिन्नता छुट्ट्याएर अघि बढ्नुपर्छ।”

फोर्सका कमान्डर विकास गिरीले टोल-टोलमा सुरक्षा दस्ता गठन गर्ने र अप्ठ्यारो अवस्थामा जनताको सुरक्षा गर्ने बताए। कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा झापा संयोजक रोमनाथ ओली, केन्द्रीय सदस्य राजकुमार थापा, झापा उपाध्यक्ष शिव ढुङ्गेल लगायत सहभागी थिए।

यो फोर्स गत मंसिर ५ गते काठमाडौंमा घोषणा भएको थियो। एमाले जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकाल ले ११ सदस्यीय केन्द्रीय कमान्ड घोषणा गरेका थिए। अब जिल्ला तहमा विस्तार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

सम्बन्धित

सांसदलाई स्वकीय सचिव दिने निर्णय तत्काल नरोकिने, सर्वोच्चले अन्तरिम आदेश दिन मानेन

देवानगञ्ज घटनाको जिम्मेवारी सरकारले लिनुपर्छ : कांग्रेस

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

प्रश्नकर्तासँग विवादमा रास्वपा सांसद केपी खनाल, ‘हाल्छु, जाक्दिन्छु’ भनिएको भिडियो सार्वजनिक

माईतीघरमा विद्यार्थीको सरकारमाथि व्यङ्ग्य – ‘पहुँच भए खाऊ युवा, स्वकीय सचिव खाऊ ! लोकसेवा भिड्ने भए छैन जाऊ !’

‘नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग’ उद्घाटन (तस्बिरहरु)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu