कुश्मा, २१ मङ्सिर । रोजगारी अवसरको खोजीमा युवाहरू विदेश जानेक्रम बढिरहेका बेला पर्वतका एक युवाले अकबरे खुर्सानी बेचेरै राम्रो कमाइ गरेका छन् । जिल्लाको महाशिला गाउँपालिका वडा नं ५ लुङ्खुका प्रकाश क्षेत्रीले व्यावसायिकरूपमा अकबरे खुर्सानी खेती गर्दै गाउँमै बसेर राम्रो आम्दानी गरिरहनुभएको हो । आठ रोपनी ...