बीरगंज, १९ मंसिर । सशस्त्र प्रहरी राजश्व तथा भन्सार गस्ती सुरक्षा बीरगंज भन्सारले अबैध रुपमा भन्सार छलेर नेपाल भित्रयाउदै गरेको २ लाख भन्दा बढीको लत्ता कपडा र अटो रिक्शा सहित दुईजनालाई नियन्त्रणमा लिएको छ ।
भारतको रक्शौलबाट भन्सार छलेर अटो रिक्शामा लुकाई छिपाई बीरगंज तर्फ ल्याउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको राजश्व तथा भन्सार गस्तीले सो मुल्य बराबरको तस्करीको सामान सहित उनिहरुलाई नियन्त्रणमा लिएको हो ।
छिमेकी मुलुक भारतको रक्शौलबाट बीरगंज तर्फ आएदै गरेको ना २ ह ८५२ नम्बरको अटो रिक्शामा तस्करीको लत्ता कपडाहरु भित्रयाउदै गरेको अवस्थामा सशस्त्र प्रहरीको राजश्व गस्ती टोलीले बीरगंज १६ स्थित रजत जयन्ती चौकबाट नियन्त्रणमा लिएको हो ।
राजश्व गस्तीले नियन्त्रणमा लिएको अबैध सामानहरुमा सटि∙ सुटि∙को कपडा १ सय ९६ मिटर ७५ हजार ४ सय रुपैया मुल्य बराबरको रहेको छ भने बणारसी साडी १६ पिस ४८ हजार रुपैया बराबरको,उनीको कुर्ता सुरुवाल २७ पिस १८ हजार ९ सय रुपैया बराबरको,बुटादार कुर्ता सुरुवाल ५६ पिस २८ हजार रुपैयाको,उनी लेगिज ४० पिस २० हजार रुपैया मुल्य बराबरको, टेन्टको कपडा ७ थान ११ हजार २ सय रुपैया गरी कुल २ लाख २ हजार ६ हजार मुल्य बराबरको अबैध तस्करीको सामान गरेको सशस्त्र प्रहरी राजश्व गस्तीका प्रमुख सशस्त्र प्रहरी नायव उपरिक्षक तिलक खडकाले जनाएकाछन ।
राजश्व गस्तीले नियन्त्रणमा लिएको तस्करीको सामान लुकाई छिपाई भन्सार छलेर नेपाल भित्रयाउदै गरेको अटो रिक्शाको २ लाख ५० हजार मुल्य राखी अबैध सामान सहित पक्राउ परेका भारतिय नागरीक मुस्कान गुप्ता र सहबुददिन खानलाई आवश्यक कारवाहीका लागी आजै बीरगंज भन्सार कार्यालयमा बुझाईएको सशस्त्र प्रहरी नायव उपरिक्षक खडकाले बताएकाछन ।
प्रतिक्रिया दिनुहोस्