ABC NEWS NEPAL | No.1 News channel of Nepal
२१ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाली जहाजलाई युरोपको प्रतिबन्ध चाँडै हट्ने : मन्त्री अधिकारी


एबीसी न्यूज
१९ मंसिर २०७५, बुधबार   ११ : ३७   बजे

काठमाडौँ, १९ मङ्सिर ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले युरोपेली सङ्घ (इयू)ले नेपाली जहाजलाई युरोपका आकाशमा गर्दै आएको प्रतिबन्ध चाँडै हट्ने बताउनुभएको छ ।

हेलिकप्टर सोसाइटी अफ नेपालको मङ्गलबार उद्घाटन गर्नुहुँदै मन्त्री अधिकारीले इयूका पदाधिकारीसँग हालै भएको छलफलका आधारमा प्रतिबन्ध हट्ने विश्वास व्यक्त गर्नुभएको हो । उहाँले अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ)ले गम्भीर सुरक्षा चासोलाई हटाइसकेको अवस्थामा आइकाओ मातहतको इयूले नेपाललाई कालोसूचीमै राखिराख्नुपर्ने औचित्य के हो भनी प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो, “इयूले भनेअनुसार पाँच वर्षदेखिको अभ्यास र उसको मापदण्डअनुसार सुधार गरेका छौँ, हालै इयूका अधिकारी, कूटनीतिक नियोग र उच्चपदस्त अधिकारीसँग पनि कुराकानी गरेको छु, मलाई विश्वास छ छिट्टै नै इयूले नेपालको उड्डयनलाई कालोसूचीबाट हटाउनेछ ।” सन् २०१३ को डिसेम्बरदेखि इयूले नेपाललाई उडान प्रतिबन्ध गर्दै आएको थियो । उसले एक साताअघि सार्वजनिक गरेको उडान प्रतिबन्ध हुने देशको सूचीमा नेपालसहित १५ देशलाई समावेश गरेको छ । यी देशका ११५ वायु सेवा प्रदायक कम्पनीले युरोपका आकाशमा उडान भर्न नपाउने प्रतिवेदनमा उल्लेख छ । सन् २०१३ मै आइकाओले सुरक्षा चासो राखेकामा गत वर्ष हटाएको थियो ।

मन्त्री अधिकारीले इयूले हटाएन भनेर बस्ने भन्दा पनि वैकल्पिक उपाय खोजेर नेपाल वायु सेवा निगमलाई प्रभावकारी रूपमा सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो । निगमका सन्दर्भमा उठेका विषयको छानबिन गरी जनतासमक्ष ल्याइने उल्लेख गर्दै उहाँले निगमलाई कमजोर पार्ने खेलमा कोही पनि लाग्न नहुने धारणा राख्नुभयो ।

हेलिकप्टर सोसाइटी स्थापना 

हेलिकप्टर उद्योगको व्यावसायिक विकास तथा हवाई सुरक्षा अभिवृद्धिमा सहयोग गर्ने उद्देश्यले हेलिकप्टर सोसाइटी अफ नेपाल स्थापना गरिएको छ । सो संस्थाले हेलिकप्टर क्षेत्रमा आइपर्ने विभिन्न समस्याका समाधान गर्न नियामक निकायको सहयोग र समन्वयमा काम गर्ने जनाएको छ ।

सोसाइटीको उद्घाटन गर्दै पर्यटनमन्त्री अधिकारीले व्यावसायिक उड्डयन सुरक्षा अभिवृद्धि गर्न सङ्गठनले प्रभावकारी भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो । भौगोलिक अवस्थितिले नै नेपालमा हेलिकप्टरको औचित्यलाई पुष्टि गरेको उल्लेख गर्दै उहाँले यसैलाई मध्यनजर गरी सरकारले देशभरका स्थानीय तहमा हेलिप्याड बनाउने कार्यक्रम अघि सारेको र यसलाई सार्थक तुल्याउन व्यवसायीको सक्रियता चाहिने बताउनुभयो । असोज २२ गते विधिवत रूपमा दर्ता भएको हेलिकप्टर सोसाइटीको अध्यक्षमा क्याप्टेन रामेश्वर थापा अध्यक्ष हुनुहुन्छ । थापासहितका १० हेलिकप्टर कम्पनी संस्थामा आवद्ध छन् । उड्डयन क्षेत्रमा यसअघिको नेपाल वायु सेवा सञ्चालक सङ्घ पनि सक्रिय छ । नेपालमा आन्तरिक उडानका लागि हेलिकप्टरसहित २० वायु सेवा प्रदायक कम्पनीले सेवा दिँदै आएका छन् ।

पुराना पाइलट सम्मानित 

सोसाइटीले नेपालको उड्डयन क्षेत्रमा उल्लेख्य योगदान गर्ने व्यक्तित्वलाई सम्मान गरेको छ । नेपालकै पहिलो हेलिकप्टर पाइलटतर्फ क्याप्टेन रवीन्द्रप्रसाद प्रधान, वायुयान मर्मततर्फ पूर्व ब्रिगेडियर जनरलद्घय पुष्पबहादुर केसी र गुञ्जमान लामा, क्याप्टेन विकास जेबी राणालाई सम्मान गरियो । त्यसैगरी इञ्जिनीयरतर्फ महेशकुमार नकर्मी, ओमप्रसाद श्रेष्ठ, विष्णु बस्नेतलाई सम्मान गरिएको छ भने फ्लाइट अपरेशन अधिकृत (डिस्प्याचर्स) तर्फ भक्ति श्रेष्ठ र एयर ट्राफिक कन्ट्रोलर नारायणबहादुर सिंह डङ्गोललाई सम्मान गरिएको छ । कार्यक्रममा क्याप्टेन थापाले हेलिकप्टर क्षेत्रले भोगेको विभिन्न समस्याको निकारण गर्न सम्बन्धित निकायले आवश्यक सहयोग गर्नुपर्ने बताउँदै यस क्षेत्रको विकासमा सोसाइटी सधैँ सरोकारवालासँगको सहयोगीको भूमिकाका साथ सहकार्य गर्न तत्पर रहनेछ भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘क्यूआरबाट पैसा तिर्दैमा १० लाख जितिँदैन’ : बिल नभए करदाताको उपहार दाबी गर्न नपाइने

राष्ट्र बैंक गभर्नरको कार्यकाल घटाउने प्रस्ताव : अर्थ समितिमा ३, ४ र ५ वर्षको पक्ष–विपक्षमा बहस

सम्बन्धित

वैदेशिक रोजगारलाई तत्काल रोक्न सकिँदैन, उचित पनि हुँदैनः श्रममन्त्री यादव

अर्थतन्त्रको जहाजलाई नयाँ दिशामा मोडेका छौँ, अब गति दिने समय होः अर्थमन्त्री वाग्ले

विष्णु पौडेल पक्राउ प्रकरणः विशेष अदालतको आदेशले उदाङ्गो बनायो सरकारी अनुसन्धान

विशेष अदालतको कडा टिप्पणी : लाभग्राही छुटे, आरोपित मात्रै पक्राउ किन?

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

आर्थिक वर्ष सकिन एक दिन बाँकी रहँदा सवा १२ खर्ब राजश्व संकलन, गत वर्षभन्दा ७.४ प्रतिशतले वृद्धि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu