काठमाडौं ७ असार । प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ राजनीतिक दलहरूले पुराना राजनीतिक दलहरूलाई सम्मान गर्न नसकेको बताउनुभएको छ । शुक्रवार काठमाडौँमा नेपाल बुद्धिजीवी सङ्गठनको छैटौँ राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले नेपालमा राजनीतिक दल र पार्टीहरू दशकौँको सङ्घर्ष र बलिदानपछि लोकतान्त्रिक ...