काठमाडौं ७ असार । आईसीसी टि–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर एट चरणमा अष्ट्रेलियाले बंगलादेशलाई २८ रनले हराएको छ । पानी परेर खेल अबरुद्ध भएपछि डीएलएस मेथडका आधारमा अष्ट्रेलिया विजयी भएको हो ।
यसअघि भएको सुपर एटको खेलमा भारतले अफगानिस्तानलाई ४७ रनले हराएको थियो । भारत र अष्ट्रेलियाले समान २–२ अंक जोडेका छन् ।
अष्ट्रेलियाविरुद्ध टस हारेर पहिले ब्याटिङ गरेको बंगलादेशले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १४० रन बनाएको थियो । अष्ट्रेलियाले १४१ रनको लक्ष्य पछ्याइरहेका बेला ११।२ ओभरमा पानी परेर खेल प्रभावित भएको थियो । त्यतिबेला अष्ट्रेलियाले दुई विकेट गुमाएर १०० रन बनाएको थियो ।
वर्षा नरोकिएपछि डकवर्थ एण्ड लुइस ९डीएलएस० मेथडको आधारमा अष्ट्रेलियालाई २८ रनले विजयी घोषणा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्