काठमाडौं, १९ फागुन । त्रिदेशीय टी–२० क्रिकेट शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स खेल्दैछन् । खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान साढे ११ बजेदेखि शुरु हुनेछ । त्रिदेशीय क्रिकेट शृङ्खलामा हिजो नामिबियासँग भएको खेलमा नेपाल ३ रनले विजयी भयो । नेपालको यो पहिलो जित हो । ...