काठमाडौं ४, मंसिर । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले मतदान गरेका छन् । उनले भक्तपुरको लोकन्थलीस्थित युनिक नेपाल एकेडेमीबाट मतदान गरेका हुन् । आइतवार बिहान ७ बजेदेखि देशभर एकसाथ मतदान शुरू भएको छ । मतदान साँझ ५ बजेसम्म चल्ने कार्यक्रम रहेको छ ।