काठमाडौँ, २ भदौ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता पठाएको नागरिकता विधेयकमाथि छलफल भइरहेको छ । संसद् सचिवालयका अधिकारीहरूका अनुसार प्रतिनिधिसभाको बिहीबारको बैठकमा राष्ट्रपतिबाट फिर्ता आएको विधेयक पारित गर्ने सम्भावित कार्यसूची जारी भएपछि कार्यव्यवस्थाको बैठकमा उक्त विषगयमा छलफल भइरहेको छ । ...