काठमाडौं, २१ माघ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आज प्रधानमन्त्रीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गर्नुभयो । प्रतिनिधिसभा विघटनविरूद्धमा परेको रिट निवेदनमाथिको सोह्रौँ दिनको सुनुवाइमा उहाँले संविधानको धारा ७४ को संसदीय अभ्यासअनुसार विघटनको अधिकार दिएको ...