काठमाडौं ११ पुस । मोरङको बूढीगंगा गाउँपालिकास्थित मनमोहन प्राविधिक विश्वविद्यालयको उपकुलपतिमा शुभाषश्री पोखरेल नियुक्त गरिएको छ। विश्वविद्यालयका कुलपति तथा कोसी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले दुहबी(५ निवासी पोखरेललाई उपकुलपति नियुक्त गरेका हुन्। उनको शपथ कार्यक्रम पनि आजै भएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम लुइँटेलले जानकारी दिए। ...