काठमाडौँ २४ जेठ । प्रतिनिधिसभाको बैठकमा आगामी आर्थिक वर्ष २०८० – ८१ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ । सत्तापक्षका सांसदले बजेटको समर्थनमा र प्रतिपक्षी सांसदले विरोधमा धारणा राख्ने क्रमसँगै बजेटको कार्यान्वयनमा प्रश्न उठाउने परम्परागत छलफल चलिरहेको हो । ...