लीमा, २३ मङ्सिर । पेरुका नागरिकहरुले भ्रष्टाचार नियन्त्रण सम्बन्धी एक प्रस्तावका लागि हुने जनमतसङ्ग्रहका लागि आइतबार मतदान गर्दैछन् । यो जनमतसङ्ग्रहको नतिजाले सांसदहरु, न्यायाधीशहरु र पूर्व राष्ट्रपतिहरु समेतलाई जेलभित्र पु¥याउन सक्नेछ । जनमतसङ्ग्रहमा केही प्रश्नहरु सोधिएका छन्ः भ्रष्टाचारमा दोषी देखिएका व्यक्तिहरु संसद सदस्यमा पुनः उम्मेदवार ...